सूर्यको तापले कर्णाली बन्दै विकट होइन निकट

काठमाडौं । विश्वभरका पर्यटकलाई आकर्षण गर्ने सक्ने रारादेखि सैपाल र कुपिण्डे, स्यार्पूदेखि शे फोक्सुन्डो ताल राज्यको प्राथमिकतामा कहिले परेनन् । एउटा जिल्लाको पर्यटक बजेट सिंगो प्रदेश नं ६ को बजेट बराबर विनियोजित हुने गरेको थियो । तर पछिल्लो समय रारा, ज्वालामुखी, सैपाल, काख हिमाल, कुपिण्डे, स्यार्पूृ र शे–फोक्सुन्डो तालले अभिभावकत्व र प्राथमिकता पाएका छन् ।

बर्षाैदेखि राज्यको नजरबाट ओझेलमा परेका कर्णालीका पर्यटन क्षेत्रलाई राज्यको मुल पर्यटन क्षेत्रमा समाहित गर्न नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापा कस्सिएका छन् । ‘कर्णाली विकट होइन निकट’ नारा दिएर थापाले अभियान नै सञ्चालन गरेका छन् । थापाको अभियानले कर्णाली र ६ नम्वर प्रदेशका सुन्दर पर्यटकीय स्थलले पहिचान पाउदैछन् भने पर्यटन बोर्ड र सिंहरवारको हेपाह प्रवृत्ति पनि फेरिदैछ ।

केही दिनअघि एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका थापासहितको टोलीले रारावासदेखि रारातालसम्मको यात्रा गरयो । २०२० सालमा रारा राष्ट्रिय निकुञ्ज बनाउँदा त्यहाँको बस्ती बाँकेको गाभरमा सारिएको थियो । त्यही बस्तीलाई एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले राराबस्तीको नाम दिएका छन् । त्यहाँ होमस्टे पनि निर्माण गरिएको छ । ‘हामीले काठमाडौंदेखि हवाई र सडकबाट होमस्टे रारावस्ती र रारावस्तीबाट रारासम्मको योजना सार्वजनिक गरेका छौ’ थापाले भने ‘एउटा पर्यटकलाई रारासम्म जान कति खर्च आवश्यक र त्यसको विवरण समेत सार्वजनिक गरेका छौ ।’

सदियौदेखि राज्यका नजरमा पछि परेका पर्यटकीय स्थलको प्रचारदेखि विकाससम्मको अभियान सञ्चालन हुन थालेपछि कर्णाली र ६ नम्वर प्रदेशका बासिन्दा खुसी हुन थालेका छन् । ‘कर्णालीकै जीवन बहादुर शाही पर्यटन मन्त्री छन् तर उनले कर्णाली विकासमा सामान्य चोसो पनि देखाएका छैनन्’ मुगुका स्थानीयबासी गोरख शाहीले भने ‘तर सूर्य थापाज्यूको अभियानले हामीलाई खुसी र हौसला दिएको छ ।’

थापा नेतृत्वमा पर्यटन ब्यवसायी, पर्यटन क्षेत्रका बिज्ञहरु पनि सहभागि छिन् । स्थानीय नागरिकदेखि बिज्ञसम्मको जोडफल निकाल्न थापा यतिबेला ब्यस्त छन् । पर्यटन विभाग प्रमुख रहँदासम्म विश्वकै पर्यटन आकर्षण गर्न सक्ने क्षेत्रको पहिचान र प्रचार गर्ने उनको लक्ष्य रहेको छ । ‘मैले अभियान थालेको छु, सफलता सवैको सकारात्मक सक्रियताबाट हुन्छ’ थापाले भने ‘मैले त्यो सक्रियता कर्णालीमा पाएँ ।’   8 7 6 5 4 3 29

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice