पेट चाहिँ पाउनुभएकै रहेछ माननीयज्यू

काठमाडौं । मासिक ८० हजारभन्दा वढी तलब भत्ता बुझ्ने पनि तिनै । हाजिर ठोक्दै विदेशी आइएनजिओका तारे होटलहरुमा भत्ता बुझ्न कुद्ने पनि यिनै । अझैं हाम्रा सांसदहरु आफ्नो तलव भत्ता र सुविधा कम भएको गुनासो गर्दैछन । कोरिया नगएरै लाहुरे बनेका हाम्रा माननीयज्यूहरुले सिंहदरबारमा खाएको खाजा र खानाको रकमको भ्योल्युम सुन्नुभयो भने तपाई तर्सनुहुन्छ ।

आर्थिक बर्ष २०७०–७३ सम्म सांसदहरुले खाजा खाना वापत् भनेर १० करोड ७८ लाख १९ हजार ९ सय ३५ रुपैँया खर्चिएको तथ्य फेला परेको छ ।  संसद सचिवालयले उक्त विवरण सार्वजनिक गरेको हो । संसद् सचिवालयले संसदीय समिति, संसदीय दल र सभामुख, उपसभामुखको सचिवालयमा खाना–खाजाको नाममा  सो बराबरको रकम खर्च गरेको बताएको हो ।

सांसहरुको खाना खाजामा महिनामा ५७ लाख भन्दा बढि खर्च हुुने तथ्यांक संसद सचिवालयले सार्वजनि गरेको हो । त्यससँगै  कुपन सिस्टम हटेसँगै मासिक रुपमा उक्त रकम बचत हुन थालेको छ ।

संसद सचिवालयले आथिर्क वर्ष २०७०९०७१ मा १ करोड ५ लाख, ०७१९०७२ मा ४ करोड ६० हजार ५८ हजार २ सय १० र आर्थिक वर्ष २०७२–०७३ मा ५ करोड १२ लाख ६१ हजार ७२४ रुपैया ७१ पैसा खाना खाजामा गरेको खर्च गरेको बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice