bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/34452 ) ) )

दुधे बच्चा छाडेर जाँदा पनि एक किलो चामल पाएनन्

जाजरकोट  । नायकवाडा–९ धुमाकी आइती चलाउने आठ महिने दुधे छोरा अर्काको जिम्मा छाडेर बिहानै घाट डिपोमा चामल लिनका लागि निस्कए । करिब चार घन्टा पैदलहिडेर हिँडेर खाद्य डिपोमा पुग्दा नपुग्दै आएको सबै चामल सकियो । एकातिर दुधे छोरा छोड्नुपर्दाको अवस्था, अर्कोतिर चामल नपाउनुको पीडा आइतीलाई पीडा खपिनसक्नुभएन ।

आइती जस्तै नायकवाडाकै वडा ८ ताँसीबाट दसैँका लागि चामल पाउने आशामा घाट डिपोमा आउनुभएका पवन विकले पनि एक गेडा चामल पाएनन् । घरमा छ दिनकी सुत्केरी छोडेर आएको बताउने पवन श्रीमतीलाई खुवाउने र दसैँ मनाउने चामल लिन डिपो आएका थिए । न उनकी श्रीमतीले भात खान पाउने अवस्था भयो न त उनको दसैँमा भातले खुसी ल्याउने भयो । हुनेखानेका लागि घरमा महँगो चामल र खसीको व्यवस्था गरिने र तर हुँदा मात्र खानेले भने आँसु पुच्छदै बस्नुपर्ने बाध्यता यहाँका बासिन्दाको छ ।

आइती र पवनभन्दा अघि आएर चामल पाएका स्थानीयवासीले पनि दुई किलोदेखि पाँच किलोसम्म चामल सीमित व्यक्तिले मात्र पाएका थिए । बारेकोटको जनसङ्ख्या करिब १८ हजारको हाराहारीमा छ तर यो जनसङ्ख्यालाई ८१ क्विन्टल चामलले दसैँ र तिहार मनाउनुको विकल्प छैन ।

यो जिल्लाको सबैभन्दा बढी दुर्गम र पिछडिएको क्षेत्र हो । यहाँ नायकवाडा, रोकायगाउँ, रामीडाँडा र सक्ला गाविस छन् । जिल्लाकै सबैभन्दा उत्पादनका हिसाबले कम उत्पादन हुने क्षेत्र पनि यही हो ।

उच्च हिमाली क्षेत्र भएका कारण सहजै खाद्यान्न ढुवानी कार्य पनि सहज छैन । प्रहरीको घेरामा खाद्यान्न वितरण गर्दा पनि एक किलो चामल नपाउनुको पीडा कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ ।

वर्षायाममा भत्किएको बाटो मर्मत नहुनु र नलगाड जलविद्युत् आयोजनाका लागि पहुँच मार्ग निर्माण भइराखेकाले खाद्यान्न ढुवानी गर्ने बाटोसमेत अवरुद्ध भएको वीरेन्द्र ऐश्वर्य उच्च माविका प्राचार्य गोरखबहादुर सिंह बताउछन् । उनी भन्छन् – “साँच्चिकै बारेकोटलाई राज्यले न्याय गर्ने हो भने हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्नुपर्छ” ।

“बारेकोटवासीलाई प्रत्येक वर्ष आउने दसैँ, तिहारजस्ता पर्वले हाँसो अनि खुसी मात्र बोकेर ल्याउँदैन, पीडा पनि सँगै बोकेर ल्याएको हुन्छ ।” रामीडाँडा सिर्पाचौरका हरिबहादुर थापाले बेदना सुनाउँछन् , “सदरमुकामबाट करिब तीन दिनको दूरीमा रहेको यस क्षेत्रमा खच्चडबाट दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । ढुवानी गरेको खाद्यान्न र अन्य दैनिक उपभोग्य सामग्रीभन्दा ढुवानी भाडा बढी तिर्नुपर्ने पीडाले गर्दा यहाँ ल्याइएका वस्तुहरु छोइनसक्नु छ ।”

यहाँका अधिकांश पुरुष भारतमा कमाइका लागि जाने हुँदा घरमा बच्चाबच्ची र महिला मात्र हुने गर्छन् । काम गर्न सक्ने उमेरका सबै युवाले घर छाड्ने चलनले पनि अधिकांश खाद्यान्न वस्तु आयात गर्नुपर्दछ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice