bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/10/34433 ) ) )

आज इपीजीले दिल्लीमा सन् १९५०को सन्धिबारे छलफल गर्दै

काठमाडौं । नेपाल –भारत प्रबुद्ध समूह(इपीजी) को दोस्रो बैंठक आज (मंगलबार)बाट नयाँदिल्लीमा सुरु भएको छ ।

इपीजी को बैंठकमा सन् १९५० मा भएको नेपाल– भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनलगायत अन्य सन्धि बारेमा छलफल हँुने भएको छ । प्रबुद्ध समूहको बैंठकमा नेपाल तर्फका सदस्यहरु कूटनीतिज्ञ डा. भेषबहादुर थापा, एमाले सांसद राजन भट्टराई, कानुनविद सूर्यनाथ उपाध्याय र पूर्वमन्त्री निलाम्बर आचार्य सहभागी भएका छन् । भने बैंठकमा भारतका तर्फबाट पूर्वराजदूत जयन्त प्रसाद, महेन्द्र पी. लामा, र भुवनचन्द्र उप्रेतीले सहभागीता जनाएका छन् ।

प्रबुद्ध समूहको बैंठकमा नेपालले हस्ताक्षरसहित‘लेटर अफ एक्सचेन्ज’ बुँदाबारे छलफल गर्ने नेपालतर्फका ईपीजी सदस्य निलम्बर आचार्यले जानकारी गराएका छन् । भने, भारतीय पक्षले पारवहन सन्धिको पुनरावलोकनको विषयमा छलफल गर्ने तयारीमा रहेको भारतीय इपीजीका समूह सदस्य विसी उप्रेतीले बताएका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजकिय भारत भ्रमणका क्रममा नेपाल–भारत (इपीजी) प्रबुद्ध समूहको गठन भएसँगै पहिलो बैंठक जुलाईमा काठमाडौंमा गरिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice