आइओएमका आवासीय चिकित्सकहरुले भोलिबाट ओपीडी बन्द गर्ने

काठमाडौं । सरकारले डा. गोविन्द केसीको मागलाई चासो नदेखाएको भन्दै  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका (आईओएम) आवासीय चिकित्सकहरुले मंगलबारबाट ओपीडी सेवा लगायतका काम बन्द गर्ने भएका छन् ।

सोमबार आइओएमका आवासीय चिकित्सकहरुले प्रेस विज्ञप्ति जारी गर्दै आकस्मिक र शल्यक्रिया काम बाहेक अन्य काम नगर्ने बताएका छन् ।

नवौं पटक आमरण अनशनमा बसेका डा.केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ ।

आइओएमका आवासीय चिकित्सकहरु हिजो आइतबारदेखी नै पठनपाठनमा सहभागी नभएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एसोसिएसनले भोलिबाट शैक्षिक कार्यक्रम अन्तरगतका अपरेशन (ओटी) र इमर्जेन्सीबाहेकका काममा सहभागी नहुने जानकारी गराएको छ । नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसन अध्यक्ष डा. लिजन महर्जन र सचिव डा. सचित शर्माको हस्ताक्षरसहित प्रेस विज्ञप्ति जारी गरिएको छ ।h

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice