मासुमा परनिर्भरता

(राजाराम कार्की)

काठमाडौं । यस वर्ष नेपालमा तीन अर्ब तीन करोड ९० लाख ८७ हजार रुपैयाँ बराबरको राँगा, भैँसी, खसीबोका र बाख्रा आयात भएको छ ।

भन्सार विभागले ९आव ०७२÷७३० मा प्रकाशित गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका दुई देश भारत र अस्ट्रेलियाबाट उक्त चौपाय मासुका लागि आयात भएको उल्लेख छ ।

भारतबाट राँगा र भैँसी दुई लाख ४७ हजार २२५, खसीबोका र बाख्रा २६ लाख ४८ हजार ५४१ र अस्ट्रेलियाबाट चार लाख ७९ हजार १३४ वटा खसीबोका र बाख्रा आयात गरिएको थियो । सबैभन्दा धेरै भारतबाट जम्मा रु तीन अर्ब ४१ लाख ९८ हजारको र अस्ट्रेलियाबाट खसीबोका र बाख्रा गरी रु तीन करोड ४८ लाख ८९ हजारको आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

गत पुस ९ गते पशुपन्छी विकास मन्त्रालय गठन पछि मन्त्रालयले औपचारिक रुपमा यसअघि अन्डामा एक, दूधमा दुई र मासुमा तीन वर्षभित्र आत्मनिर्भर भइसक्ने जनाए पनि मासुमा परनिर्भरता बढ्दै गएको देखिन्छ ।

तीन महिनाअघि मन्त्रालयले सार्वजनिक गरेको ४० बुँदे प्रतिबद्धताअनुसार आगामी तीन वर्षभित्र नेपाल मासुमा आत्मनिर्भर हुने जानकारी मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले दिए ।

यहाँ प्रतिव्यक्ति प्रतिवर्ष ११ केजी मासु खाने गरेको पाइन्छ तर विकसित मुलुकमा १४ केजी मासु खाने चलन छ । विकसित मुलुकको दाँजोमा स्थापित हुन हाल खाइआएको मासुमा ४५ प्रतिशतले उत्पादन बढाउनुपर्ने हुन्छ । पशुपन्छी पालनको क्षेत्रबाट कुल गार्हस्थ्य उत्पानदनमा ११ प्रतिशत र कुल कृषिको गार्हस्थ्य उत्पादनमा करिब २६ दशमलव शून्य आठ प्रतिशत योगदान छ ।

परम्परादेखि चौपाया नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास हुँदै आएकाले खरखाचोमा दूध, दही र घिउको बिक्री बढेकोे कृषि उद्यमी उद्धव अधिकारी बताउनुहुन्छ । दिगो पशुजन्य उत्पादनमा उच्च आर्थिक वृद्धिदर हासिल गर्न राष्ट्रिय पशुपन्छी पालन नीति छ महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ ।

त्यसैगरी पशु स्वास्थ्य तथा पशुसेवा ऐन, पशु बधशाला तथा मासु जाँच ऐन, दाना ऐन, र बीमा ऐन परिमार्जनका साथै पशु कल्याण ऐन, पशुपन्छी व्यवसाय प्रवद्र्धन तथा बजार ऐन, पशु औषधि ऐन र पशु सरुवा रोग ऐन तर्जुमा गरी दिगो आर्थिक विकास हासिल गर्ने लक्ष्य मन्त्रालयले लिएको छ ।

पशुपालक कृषक रमेश तिमल्सिना पशुपन्छीको नस्ल सुधार, पौष्टिक दाना तथा आहाराको व्यवस्था, पशुपन्छी स्वास्थ्य सेवा एवम् उत्पादित पशुजन्य पदार्थको बजारीकरण कार्य समानान्तर रुपमा अगाडि बढाउनुपर्ने बताउछन् ।

मासुमा मुलुक आत्मनिर्भर छैन । पुगनपुग कुखुराको मासुमा आत्मनिर्भर भए पनि माछामा ७०, राँगामा ६० र खसीबोकामा ७० प्रतिशत मासु भारतबाट आयात भइरहेको पशुपन्छी विकास विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार ०७१÷७२ मा माछाबाहेक कुल दुई लाख ९८ हजार दुई सय ४४ मेट्रिक टन मासु उत्पादन भएको छ । जसमध्ये राँगा÷भैँसीको एक लाख ७३ हजार ९०६, खसी बोका ५९ हजार ५३, बङ्गुर १९ हजार २६९, कुखुरा ४३ हजार १३३, भेडा÷च्याङ्ग्रा दुई हजार ६५६ र हाँस २२७ मेट्रिक टन उत्पादन भएको थियो । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice