तमलोपा र सद्भावना एकीकरण हुने

       काठमाडौँ। महन्थ ठाकुर नेतृत्वको तराई–मधेस लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ ।

ती दुई दलबीच एकीकरणका लागि बृहत् छलफल जारी रहेको सांसद तथा तमलोपाका महामन्त्री जङ्गीलाल रायले बताए । सर्लाही, सलेमपुर–काठमाडौँ सहयोगी समाजले काठमाडौँको मधेस मिडिया हाउसमा आज दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा रायले सो जानकारी दिँदै  भने “तमलोपा र सद्भावनाबीच छिट्टै एकीकरण हुँदैछ । एकीकरणका लागि दुवै पार्टीका शीर्षनेताबीच गहन छलफल भइरहेको छ ।” उनले  थपे, “मधेसी मोर्चासँग सत्ता गठबन्धन काँग्रेस–माओवादीले तीनबुँदे सहमति कार्यान्वयन नगरे फेरि कठोर आन्दोलन गर्ने चेतावनी  दिएको छ ।”

कार्यक्रममा सांसद केदारनन्दन चौधरी, समाजका अध्यक्ष विजयकुमार यादव र उपाध्यक्ष धीरेन्द्रकुमार यादव, बुद्धिजीवी किशोरी महतो, विनयकुमार कर्ण, रामबाबु दास र जयकिसन रायले शुभकामना मन्तव्य दिएका थिए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice