अस्थायी शिक्षक व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिने : शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको व्यवस्थापनका लागि नीतिगत व्यवस्था गरिन लागेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको दुईदिने केन्द्रीय कार्यालय सदस्यहरुको पूर्ण बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा मन्त्रालयले यस विषयमा तयारी थालिसकेको जानकारी दिएका छन् ।

मन्त्री पौडेलले अस्थायी शिक्षकलाई अन्याय हुने प्रकारले व्यवस्थापन प्रक्रिया अघि नबढाउने बताउँदै भने – “अस्थायी शिक्षकलाई सुविधा विस्तार गर्न भिन्नै नीतिगत व्यवस्था गर्न लागेका छौँ ।”

मन्त्री पौडेलले शिक्षा नियमावली अन्तिम चरणमा पुगेको भन्दै असोज मसान्तसम्म आइसक्ने बताउँदै अस्थायी शिक्षक र विद्यालय कर्मचारीका सुविधा वृद्धि र व्यवस्थापनका लागि नियमावलीमा उल्लेख गर्न मन्त्रालय गृहकार्यमा जुटेको छ भने ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष भोला सापकोटाले विगतका सहमति र सम्झौताअनुरुप नै अस्थायी शिक्षकको व्यवस्थापन गर्न सङ्गठन लागिरहेको बताए।

सङ्गठनका महासचिव शङ्कर अधिकारीले अस्थायी शिक्षकको व्यवस्थापनका सम्बन्धमा सङ्गठनको स्पष्ट धारणा रहेको र त्यो सार्वजनिकसमेत गरिसकिएकाले अस्थायी शिक्षकको व्यवस्थापन गर्न मन्त्रालयलाई दबाब दिइने बताए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice