नेपालीको सान: अमेरिकाले गर्यो नेपाली चेलीको नाममा दिवस मनाउने घोषणा

एक जना पूर्व परराष्ट्रमन्त्रीको छोरीले क्यानडाको पिआर लिएसँगै आफूलाई नेपाली भन्न लाज लाग्ने उद्घोष गदृै क्यानडा तिर भासिएको धेरै भएको छैन ।

आफ्नै मातृभुमीलाई थुक्ने यस्ता पात्रहरुका लागि उदाहरणीय बनेकी छिन अमेरिकामा एक जना नेपाली छोरी । कुनै यस्ता चेली पनि छन जस्ले विदेशमा पुगेर पनि नेपालको नाम राखिरहेका छन ।नेपालका लागि सान बन्न पुगेका छन ।

अमेरिकामा रहेका विभिन्न देशका नागरिकका लागि शिक्षा, स्वास्थ्य, अनुवाद, रोजगारीका लागि अधिकार नामको संस्था खोलेर ११ वर्षदेखि ति क्षेत्रमा सहयोग गर्दै आएकी लुना रञ्जितको योगदानको कदर गर्दै न्यूयोर्कका मेयर ब्याजियोले उनको नाममा हरेक सेप्टेम्बर २८ तारिखमा दिन लुना रञ्जित दिवस मनाउने घोषणा गरेका हुन् ।

नेपाली नागरिक लुना रञ्जितको नाममा अमेरिकाको न्यूयोर्कमा लुना रञ्जित दिवस मनाइने भएको छ । लुनालाई यसअघि ग्रिनेल कलेजले एक लाख डलरको पुरस्कारले सम्मानित गरेको थियो भने लुनाको संस्थागत पहलमा न्यूयोर्कमा घरेलु कामदार बालबालिकाको अधिकार सम्बन्धी कानुन पनि पारित भएको छ ।

काठमाडौंमा जन्मिएकी लुनाले अर्थशात्र र गणितमा नेपालको बुढानिलकण्ठ स्कुलबाट ए लेभलको अध्ययन गरेकी थिइन् । सन् १९८२ देखि काठमाडौंको सेन्ट मेरी हाइ स्कुलमा अध्ययन सुरु गरेकी लुनाले सोही स्कुलबाट सन् १९९३ मा एसएलसी पास गरेकी हुन् । अध्ययन सकेपछि उनले आफ्नो समय सामाजिक कार्यका खर्चन थालेकी हुन् ।

अधिकारमा आवद्ध हुनेताका उनले सन् २००५ मा एचआईभी एड्स सम्बन्धि संस्थामा काम गरिन् । त्यो भन्दा अगाडि उनले दक्षिण एसियाका कामदारहरुको संस्था आन्दोलनमा अभियान संयोजक भएर काम गरिन । उनले आन्दोलनमा सन् २००४ देखि सन् २००५ सम्म काम गरेकी हुन् । त्यो भन्दा अगाडि सन् २००० देखि सन् २००२ सम्म उनले शैक्षिक विकाश प्रतिष्ठानमा प्रोग्राम एसोसियटका रुपमा काम गरेकी थिइन् ।

 

18 Comments
  1. मातृभूमीलाइ थुक्ने मानिसले आमालाइ नै थुक्ला। यो अति निर्लज्ज सोच हो। तर, नेपालमा फैलिदो चाकरवाद,ढोके प्रवृत्ति, डन वाद, भ्रष्टाचार,गुटवाद, जातिवाद, क्षेत्रियतावाद, नातावादको कारण धेरै इमान्दारहरु रुनु परेको यथार्थ हो। दूरदराजका जनता, गरिव र मकजोर वर्गले दुइछाक खान एक सरो लाउन त के विरामी हुदा सिटामोल समेत नपाउने अवस्था छ भने पहुचवालाहरु राज्यको ढुकुटीवाट करोडौ उपचारका नाउमा रित्याउने कार्यलाइ संझदा ती दुःखिहरुले के न\गर्लान भन्न सकिन्न। यो आक्रोशको शव्द पनि हुनसक्छ।अपमान विरुध्दको अभिव्यक्ति हुनसक्छ।

  2. यस्ता महान व्यक्तित्व ले प्रमाण गर्छन कि जीवनमा सफलता, समृद्धि हासिल गर्नु छ भने बुद्धकाे कर्मवाद अंगाल्नु पर्छ । हात थापेर बस्ने इश्वर वाद सही मार्ग हाेइन । साधुवाद अाफ्रनाे जीवन सफल गर्न सकेकाे मा र हामीलाइ पनि गर्व गराउने र देशकाे इज्जत बढाएकाे मा ।

  3. I’m proud to hear her height of success whom I helped conducting Buddhist blessing ceremony on the auspicious occasion of her Marriage took place in a Buddhist Temple in Kathmandu .
    Wish you every success in future endeavors.

  4. Luna Baini lai mero tarphaa batta salut Sathaee hami Nepali batta pani salut we are proud to be a Nepalese,Because only one person can do but…,,,,,,, Needs helping hands from all of us ,and all the best from all from ours community.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice