डा. केसीको समर्थनमा प्रदर्शन

काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा जुलुस प्रदर्शन गरिएको छ ।

शनिबार चिकित्सा शिक्षा क्षेत्रका विद्यार्थी, विभिन्न पेशाकर्मी सर्वसाधारणहरुले राजधानीमा जुलुस प्रदर्शन गरेका हुन् ।

hचिकित्सा क्षेत्र संसदको चालु अधिवेशनबाट पारित गर्नुपर्ने,अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउँनुपर्ने, मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिनुपर्ने र चिकित्सा शिक्षा सम्बन्धि कानून बनेपछि मात्र नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिनुपर्ने जस्ता माग राख्दै डा. केसी नवौ पटकको अनसनमा बसेका छन् ।

प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा। केसीले उठाएका माग तत्काल सम्बोधन गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice