ठुलो कांग्रेस विरालो भयो, सानो माओवादी सरकारमा बाघ बन्यो

काठमाडौँ,। नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको भूमिका कमजोर भएको भन्दै  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मन्त्री र पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् ।

काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले कांग्रेस ठुलो पार्टी भएपनि सरकारमा माओवादी ठुलो पार्टी बनेको बताए  । ‘काँग्रेस ठूलो पार्टी भए पनि सरकारमा माओवादी ठूलो पार्टी भएको झैँ गरेर प्रस्तुत भइरहेको छ ’ उनले भने ‘स्थानीय तहको निर्वाचन र सीमाङ्कनलगायतका विषयमा काँग्रेस नेतृत्व गम्भीर हुनुपर्छ,।’

काँग्रेस ठूलो दल भए पनि सरकार सञ्चालनमा त्यस अनुरुपको प्रभावकारी भूमिका निर्वाह नगर्दा कार्यकर्तामा निराशा उत्पन्न भएको बताए । माओवादीका सामु कांग्रेस विरालो बनेको समेत उनले बताए । पार्टी सभापति देउवा र सरकारमा गएका मन्त्रीहरुको भूमिका राम्रो नुहँदा कार्यकर्तामा निराषा र माओवादीमा उत्साह जागेको पनि उनले बताए ।

पार्टी विधानअनुसार चलेमात्र पार्टी बलियो हुने र यसका लागि नेतृत्व गम्भीर हुनुपर्ने बताउँदै उनले महाधिवेशन भएको ६ महिना बित्दासम्म पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउनु दुःखद अवस्था भएको बताए । सभापति देउवाले कांग्रेस हाँक्न नसकेको आरोप समेत लगाए ।

3 Comments
  1. प्रकाशमानसिंहज्यूलाई कांग्रेसपुत्र भन्छन् । स्व गणेशमानसिंहको मृत्युपछि रहलखाने पुत्र ! तर लौहपुरूष , सर्वमान्य पछि सर्वोच्च नेताको पगरि प्राप्त स्व गणेशमानसिंहलाई कांग्रेसले आंखाको खोर्सानी देख्यो । प्रजातन्त्रको लागि जीवन वलिदानी दिन स्मेत पछि नपर्ने स्व गणेशमानसिंह ज्यूलाई ! प्रकाशमानसिंहज्युले पिताको नामले कांग्रेस अठ्याऊनुनै भएकोछ । यो वारेमा आदरणीय गणेशमान पुत्र पी एल सिंहज्यूलाई प्रस्न गर्दा कांग्रेस महत्वाकांक्षामा वगेको वताऊनुहुन्छ र दलालको पार्टी भन्नुहुन्छ । वास्तविक कांग्रेस स्व डिल्लीरमणकोपार्टी हो र म त्यसैको सदस्यहुं , वहांको विचारछ । त्यसरी हेर्दा प्रकासमान दलाल र पीएल सिंह नेपाली कांग्रेस भएकोले पीएल सिंंह ज्यूको निष्ठा प्रकाशमानको भन्दा ऊच्च देखियो है ।

  2. संस्थागत “विधि र पद्दति” इतर “हिंश्रक बाघ र चोर बिराला” हरुको नीच गतिविधि मात्र हो त राजनीति ….. विनाबाबुको सिंह जी ???

  3. pad napaye pachhi biralo bhaneko timi susil ko mantri huda jhan musa matra thiyeu. ahile ta biralo bhaye chha.timi bagh bhaye KTM, ko 7 no. consituency bata election lada jaha timro ghar chha

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice