पूर्वगृहमन्त्री सहित उनका भाईहरुको कुशको शव बनाएर अन्त्यष्टी

काठमाडौं । शुक्रबार पूर्वगृहमन्त्री सहित उनका दुइ भाई(मोहन र प्रकाश)को कुशको शव बनाएर अन्त्यष्टी गरिएको छ ।
आइतबार काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना परी त्रिशुली नदीमा बेपत्ता भएको थियो ।
प्रहरीले पूर्व मन्त्री घिमिरेसहित भाइहरु मोहन र प्रकाश घिमिरेको खोजी गर्दा पनि शव भेट्टाएको थिएन । उनीहरुको शव नभेटिएपछि कुशको शव बनाएर आज अन्त्यष्टी गरिएको हो ।

पूर्वगृहमन्त्री घिमिरेलाई अन्तिम् श्रद्धाञ्जली दिन गृहमन्त्री बिमलेन्द्र निधिलगायतका अधिकारीहरु आर्यघाट पुगेका थिए । बा९च १५३१ नम्बरको गाडी गत आइतबार अपरान्ह त्रिशुलीमा खस्दा तीन जनाको ३ को मृत्यु, ३ बेपत्ता र एकको जीउँदै उद्दार गरिएको थियो ।

उक्त गाडीमा सात जना सवार थिए । घिमिरेकी आमा चैतन्या, आफन्त नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको  घटननास्थलमै मृत्यु भएको थियो भने गाडीका चालक विष्णु राईको जीवितै उद्दार गरिएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice