साकुरा नेपालद्वारा विद्यार्थीहरुलाई शुभकामनासहित विदाइ कार्यक्रम

काठमाडौं । साकुरा नेपाल कन्सल्टेन्सीले सातौं कोरियन भाषाको (इपिएस)परीक्षामा उतिर्ण भएका सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना सहित विदाई कार्यक्रम गरेको छ ।

साकुुरा नेपालमा कोरियन भाषा अध्ययन गरि परिक्षामा उतिर्ण भएका विद्यार्थीहरुलाई बुधबार साकुरा नेपाल कन्सल्टेन्सीले सो कार्यक्रमको आयोजना गरि शुभकाना सहित विदाई गरेको हो । कार्यक्रममा साकुरा कन्सल्टेन्सी नेपालले कोरियन भाषा शिक्षकहरु मनोज वाराकोटी, अच्युतम लामिछाने सहितका शिक्षकहरुलाई पनि सम्मान गरेकोे छ ।

sakura

आयोजित कार्यक्रममा बोल्दै साकुरा नेपालका प्रवन्ध निर्देशक अनुज कुमार श्रेष्ठले ‘देशमा कमजोर अर्थतन्त्र र अस्थिर राजनीतिका कारण हरेक वर्ष हजारै योग्य विद्यार्थीहरु विदेश पलायन हुन्छन् । त्यसैले राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताए ।’ त्यस्तै,साकुरा नेपालले हरेक वर्ष कोरियन भाषाको ‘इपिएस परिक्षा’मा उतिर्ण हुने विद्यार्थीहरुलाई सम्मान सहित विदाई कार्यक्रम गरिरहेको निर्देशक सजनी श्रेष्ठले जानकारी गराइन् ।’

साकुरा नेपालमा अध्ययन गरिरहेका विद्यार्थीहरु देशकै उत्कृष्ट इन्सटिच्युट रहेको बताउँछन् । साकुरा नेपालले कोरियन र जापानीज भाषामा विद्यार्थीहरुलाई अध्यापन गराइरहेको छ । यस वर्षको कोरिया भाषाको इपिएस परिक्षमा ५७ हजार परीक्षार्थी सहभागी भएका थिए । भने परिक्षमा ३५१७ विद्यार्थी उतिर्ण भएका थिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice