bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/34095 ) ) )

भारत एउटा परेशान मुलुक होः पाकिस्तान, लडाईका लागि तयार छौः भारत

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ । कास्मिरको युरीस्थित भारतीय  सैनिक क्याम्पमा आतंकबादी हमला भएपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ । युरीमा १८ भारतीय सैनिक र चार आक्रमणकारीमा मरिएका थिए ।

दुई देशले सजकतापूर्वक युद्धको तयारी गरिरहेका छन् । भारतले आफ्नो सीमारेखाका बस्तीहरु सारिरहेको छ भने पाकिस्तानले पनि आफ्नो सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई सुरक्षित स्थानमा जान उर्दी जारी गरिसकेको छ ।

विहीबार विहानै पाकिस्तानको क्षेत्रमा भारतीय सेनाले सर्जिकल अप्रेशन भएको दावी गरेको छ भने पाकिस्तानले त्यसलाई अस्वीकार गरेको छ । भारतले सर्जिकल अप्रेशनमा ४० आतंकवादी मारेको दावी गरेको छ । तर पाकिस्तानले कुनै सर्जिकल अप्रेशन नभएको तर भारतीय सेनाले गोली प्रहार गर्दा आफ्ना दुई जवान सहिद भएको बताएको छ । भारतीय सेनाको आक्रमण गरेपछि आफुहरुले पनि गतिलो जवाफ दिएको पाकिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

भारत पाकिस्तानबीच चार पटक युद्ध भइसकेको छ । पछिल्लो समय स १९९९ मा कारगिलमा युद्ध भएको थियो । त्यो बेला पनि भारतमा भारतीय जनता पार्टीको सरकार थियो । भारत र पाकिस्तानबीच चार दशकदेखि तनाव कायमै छ ।

भारतले गोयबल्स शैलीमा युद्धको प्रचार गरिरहेको छ भने पाकिस्तानले भारतीय प्रचारलाई अस्वीकार गर्दै आएको छ । पाकिस्तान रक्षा मन्त्रायका प्रवक्ताले भारत परेशान मुलुक भएको प्रतिक्रिया दिएका छन् । आणबिक हतियारबाट सुसजित दुई देशबीचको तनावले दक्षिण एसियाली मुलुकमा त्यसको ठुलो प्रभाव परेको छ ।

उता दक्षिण एसियाको शक्तिशाली मुलुक चीनले भने दुवै देशलाई शान्ति कायम गर्न आग्रह गर्दै संवादको टेबुलमा बस्न आग्रह गरेको छ । पाकिस्तानको पक्ष लिँदै आएको चीनले वार्ताबाट समस्याको हल निकाल्न आग्रह गरेको छ ।34

One thought on “भारत एउटा परेशान मुलुक होः पाकिस्तान, लडाईका लागि तयार छौः भारत

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice