राष्ट्रपति द्धारा संस्कृतिविद् जोशी सम्मानित

     पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई आज बिहान हेमदेवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कारबाट सम्मान गरेकी छन् ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा सञ्चालित तथा संस्थाका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले स्थापना गरेको सो पुरस्कारको राशि एक लाख एक हजार र सम्मानपत्र रहेको छ ।

संस्थापक प्रधानले आफू र आफ्नी स्व श्रीमतीको नाममा पुरस्कार सञ्चालन गर्न १५ लाख राशिको एक अक्षयकोष स्थापना गरेका थिए । प्रत्येक दुई÷दुई वर्षमा धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने संस्था वा व्यक्तिलाई सो पुरस्कार प्रदान गरिन्छ । जोशी सो पुरस्कारबाट पुरस्कृत हुने पहिलो स्रष्टा हुन ।

सो अवसरमा राष्ट्रपति भण्डारीले पोखरा नगरीमा अवस्थित विन्ध्यवासिनी मन्दिर हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बनेको बताए ।

उनले एक गुरुयोजना तयार गरी मन्दिर क्षेत्रको चौतर्फी विकास गर्न सके स्वदेशी तथा विदेशी पाहुनाका लागि धार्मिक पर्यटकीयस्थल बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले संस्कृतिविद् सत्यमोहन जोशीलाई यस पुरस्कारबाट सम्मानित गर्न पाउँदा पुरस्कार र संस्थाको गरिमा बढेको धारणा राखेकी छन् ।

उनले भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिमा जोशीले आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको चर्चा गरेकी छन् ।

पुरस्कारका संस्थापक हेमबहादुर प्रधानले नेपाली संस्कृतिका शिखर पुरुष जोशीलाई आफूले स्थापना गरेको पहिलो पुरस्कारबाट सम्मान गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

छयानब्बे वसन्त पार गरेका पुरस्कृत व्यक्तित्व सत्यमोहन जोशीले साहित्य र संस्कृतिको क्षेत्रमा आपूmले गरेको कामको बारेमा जानकारी गराएका थिए।

समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा समितिका सचिव तीर्थ श्रेष्ठले पुरस्कारका बारेमा आफ्नो धारण राखेका थिए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice