• शुक्रबार ०३, कार्तिक २०७४

जीपी कोइराला मेमोरियल कलेजले ग¥यो दशैं भेटघाट कार्यक्रम

काठमाडौं । जीपी कोइराला मेमोरिएल कलेजले रमाइलो (दशैं) भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरि भव्यताका साथ समापन गरेको छ ।

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नामबाट कलेजको नामाकरण गरिएको हो । कलेजले नेपालीहरुको महान चाँड दशैं शुभकामना आदानप्रदानका साथ नेपाल सरकारमा नियुक्ति भएका स्वास्थ्य मन्त्री गगन कुमार थापालाई बधाई तथा शुभकामना दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

सयाेंगवश कार्यक्रमका प्रमुख अतिथी तथा स्वास्थ्य मन्त्री थापाको स्वास्थ्यमा सामान्य खरावी देखिएपछि अनुपस्थित भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि तत्काल स्वास्थ्य मन्त्री थापालाई धापासी स्थित ग्राण्डी अस्पताल लगिएको छ । अहिले स्वास्थ्य मन्त्री थापाको सामान्य उपचार भैरहेको क्याम्पस प्रमुख खिला सापकोटाले जानकारी गराएका छन् ।

जीपी कोइराला सामुदायिकको क्याम्पस प्रमुख समेत रहेका सापकोटाले मन्तव्यका क्रममा ‘कलेज कुनै नाफामुखी नभइ सवै वर्गलाई समान हिसावले शिक्षा दिन खोलीएको जिकिर गरे ।’ उनले भने ‘ अहिले साढे तीन सय विद्यार्थी रहेको हाम्रो कलेजमा यो वर्ष पाँच सय विद्यार्थी पु¥याउँने छौ ।’ हामीले भूकम्पले प्रभावित भएका र अन्य विविध कारणले शुल्क तिर्न असक्षम विद्यार्थीहरुलाई निशुल्क पढाइरहेका छौ साथै विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौं । उनले फेरी बताए ।

त्यस्तै, जीपी कोइराला कलेज को– अर्डिनेटर मोहन राज राईले अहिले स्नातक तह तर्फ बिबिएस, बिए, बिएड तथा बिसिएमा अध्यापनका साथमा नयाँ भर्ना भैरहेको जानकारी गराएका छन् । कलेजका शिक्षक समेत रहेका राईले हाल स्नातक तहमा समाजशास्त्र र ग्रामिण बिकास शिक्षा विषय अध्यापन गराइरहेका छन् ।

स्वास्थ्यमन्त्री गगन थापाको स्वास्थ्यमा समस्यामा देखिएसँगै पूर्व अर्थमन्त्री शंकर कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा पूर्व अर्थमन्त्री कोइरालाले यती छोटो समयमै क्याम्पसले ठूलो फड्को मारेको भन्दै धन्यवाद ज्ञापन गरे ।

बिहान ७ ः ४५ बजेदेखि सुरु भएको कार्यक्रम एक घण्टा सम्म चलेको थियो । कार्यक्रममा भर्खरै उच्च शिक्षा हाँसिल गरेका विद्यार्थीहरुका लागि (स्नातक त¬ह) नयाँ भर्ना सम्बन्धि जानकारी गराइएको थियो । कार्यक्रममा पूवअर्थमन्त्री शंकर कोइराला, क्याम्पस अध्यक्ष भिमसेन दास प्रधान लगायत कांग्रेस नेताहरुको उपस्थिती रहेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice