भारतीय राजदूत कोरला नाकामा

     मुस्ताङ,  । भारतीय राजदूत रणजित राय छ दिने मुस्ताङ भ्रमण गरी मङ्गलबार राजधानी फर्किएका छन्।

यो बसाइमा नेपाल र चीनको सिमाना कोरलानजिक पुगेर त्यहाँको वस्तुस्थितिको समेत जानकारी लिएका छन्।  छ दिने भ्रमणका क्रममा राजदूत रणजित रायले भारतीय लगानीमा विभिन्न गाविसका निर्माण भएका आधा दर्जन आयोजनाको उद्घाटन गरेका छन् ।

दूतावासका दुईजना उच्चअधिकारीसहित असोज ६ गते मुस्ताङ ओर्लेका राजदूतले भोलिपल्टै योगेन्द्र उच्च मावि टुकुचेको भवन, कागबेनीमा निर्मित तटबन्ध र मुक्तिनाथस्थित झारकोटमा सामुदायिक भवनको उद्घाटन गरेका छन्।

असोज ८ मा उनले मुक्तिनाथ दर्शन गर्नुका साथै मुक्तिनाथ क्षेत्रमा निर्माण गरिएको धर्मशाला र खानेपानी आयोजनाको औपचारिक उद्घाटन गरेका छन् । स्थानीयवासी र मुक्तिनाथका पुजारीसँगको छलफलमा राजदूत रायले सरकारले आग्रह गरेको खण्डमा मुक्तिनाथको गुरुयोजनालाई सहयोग गर्न तयार रहेको बताए । “सरकारले यो धामको चौतर्फी विकासका लागि गुरुयोजना तयार पारेको बुझेको र आफले पनि त्यसमा सहयोग गर्न प्रतिबद्ध व्याक्त गरेका छन्  ।

मुक्तिनाथ क्षेत्र विकास कोष र पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर विकासका लागि एक अर्ब रुपैयाँभन्दा बढीको गुरुयोजना तयार पारेको छ । असोज ९ गते लोमान्थाङ पुगेका राजदूत रायले भारतीय लगानीमा त्यहाँ निर्मित लोमान्थाङ गुम्बा र नाङगेल गुम्बाको अवलोकनसमेत गरेका छन् ।

सोही दिन राजदूत राय कोरला नाका पुगेका थिए । नेपाल र चीनबीच दीर्घकालसम्म नाका सञ्चालन गर्ने बहस चलिरहेको बेला राजदूतको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । लोमान्थाङ भ्रमणका क्रममा राजदूतसँगको टोलीको जिविस मुस्ताङका इन्जिनियर सकलदेव शर्मा पनि सहभागी थिए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice