बैंकहरुले भोलिदेखी दशैंका लागि सर्वसाधरणहरुलाई नयाँ नोट वितरण गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट बैंक तथा वित्तिय संस्थाहरुलाई नयाँ नोट वितरण गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई आजदेखी असोज १४ गते सम्म नयाँ नोट उपलब्ध गर्ने छ

बैंकहरुले भोलि सोमबारदेखी सर्वसाधरण लागि नयाँ नोट वितरण गर्ने छन् । तर नेपाल राष्ट्र बैंकको कार्यलयबाट असोज १६ गतेबाट प्रत्येक सर्वसाधरणहरुले ३७ हजारका दरले नयाँ नोट साट्न पाउँने भएका छन् ।

बैंकले गत वर्ष प्रतिव्यक्ति २२ हजार साट्ने व्यवस्था मिलाएको थियो । हाल १५ हजार बढाएर ३७ हजार पु¥याएको नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ । नयाँ नोट थापाथलीस्थित नेपाल राष्ट्र बैंकको कार्यलयसँगै अन्य क्षेत्रीय कार्यलयहरुबाट उपलब्ध गराउँनेछ । सर्वसाधरणले नयाँ नोट साट्दा कुपन लिनुपर्ने छ । राष्ट्र बैंकले पाँचदेखि सय रुपैयाँसम्मका नोटहरु दुईदुई बिटाका दरले उपलब्ध गराउनेछ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice