सोलुखुम्बुको जुभिङमा हेलिकप्टर दुर्घट्ना

काठमाडौं । आज विहान (आइतबार) सोलुखुम्बुको जुभिङमा हेलिकप्टर दुर्घट्ना भएको छ ।

माउण्टेन एयरको हेलिकप्टर इन्जिन फेल भएपछि अवतरणका क्रममा दुर्घट्नामा परेको हो । उक्त हेलिकप्टर लुक्लाबाट विरामी लिन जुभिङ गाविस गएको थियो ।

सोलुखुम्बु प्रहरीले पाइलट सहित सवै यात्रु सकुशल रहेको बताएको छ । प्रहरीले बताएअनुसार अहिले हेलिकप्टर बिरामी लिएर लुक्ला फर्किएको छ । हेलिकप्टरको अगाडि पट्टिको भागमा क्षति पुगेको जनाइएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice