दशैंको समयमा लोडसेडिङ घट्ने

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले दशैको समयमा लोडसेडिङ घटाएर दैनिक दुई देखि तीन घण्टा मात्रै गर्ने तयारी गरिरहेको छ ।

दशैंको समयमा धेरैजसो औद्योगिक प्रतिष्ठनहरु बन्द भएर बिजुली बचत हुने हुदा लोडसेडिन घटाउन लागेको नेपाल विद्युत प्रधिकरणका विद्युत भारप्रेशण विभाग प्रमुख बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिएका छन् । लाडसेडिङ दशैंको फलपातिको दिनदेखि दशैं नसकिदासम्म रहने छ । दशैंमा व्यावसाय, औद्योगिक प्रतिष्ठन बन्द हुने भएकोले खपत घटेर बिजुली बच्छ । त्यसैले लोडसेडिङ २ घण्टमा झार्न लागेको श्रेष्ठले बताए ।

चाइनिज कम्पनी सिनो हाइड्रो र मनकामना केवलकार समूहको प्रवर्द्धन रहेको नेपाली कम्पनी सिनो हाइड्रो सगरमाथाले लमजुङको भुलभुलेमा पावर हाउस राखेर  माथिल्लो उत्पादन गरेको ५० मेगावाट विजुली दशैंअघि नै बाल्न पाइने भएकोले  भारतबाट आयात गरिने ५० मेगावाट बिजुली पनि अहिले नल्याईने बताएका छन् । उक्त आयोजनाबाट उत्पादित विजुलीको उद्घाटन आगामी सोमबार उर्जामन्त्री जनार्दन शर्माले गर्ने भएका छन् ।

दशैंमा फुलपातिका दिनदेखि प्रायः उद्योगधन्दा तथा कलकारखाना बन्द हुन्छन् ।औद्योगिक क्षेत्रमा खपत हुने बिजुली घरायसी उपभोक्ताका लागि वितरण गर्दा लोडसेडिङ स्वतः घट्ने छ । तर, कोजाग्रत पूर्णिमा पछि भने अहिलेकै तालिकाअनुसार लोडसेडिङ हुनेछ । अहिले हप्ताको साढे ४६ घण्टा लोडसेडिङ हुनछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice