‘गृहमन्त्रीज्यू विधुवा तपाईकी पत्नी होइन, हामी भएका हौ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर नरसंहारका अभियुक्तहरुलाई माफी दिन मुद्दा फिर्ताको तयारी थालेका बेला पीडित परिवारले भने कडा आपत्ति जनाएका छन् ।

टीकापुरमा बिभत्सढंगबाट मारिएका इनेस्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले मुद्दा फिर्ता लिए गृहमन्त्री र सरकारबिरुद्ध कानुन लडाई लड्ने चेतावनी दिएकी छिन् । ‘हत्यारालाई राज्यले सजाय दिने हो, तर राजनीतिक आवरणमा माफी दिन थालिएको छ’ आक्रोसित हुँदै शारदाले भनिन् ‘हामीले राज्यसँग केही मागेका छैनौ, केवल न्याय मागेका छौ, मान्छे मार्ने हत्यारालाई उन्मुक्ति दिने हो भने यो देशमा सजाय कसले पाउने ?’

गृहमन्त्री निधिप्रति पीडित प्रहरी परिवार आक्रोसित बनेका छन् । ‘गृहमन्त्रीज्यू विधुवा तपाईकी पत्नी होइन हामी भएका हौ, टुहुरा बालबालिका हाम्रा भए’ शारदाले भनिन् ‘जीवनको अन्तिमसम्म लडाईका लागि लड्न हामी तयार छौ ।’ उनले न्यायका लागि आफुहरु सवै कानुनी लडाई लड्ने चेतावनी समेत दिएकी छिन् ।

टीकापुर नरसंहारमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, इनेस्पेक्टर केशव बोहरा लगाएत आठ प्रहरी र एक नावालकको हत्या भएको थियो । टीकापुर घटनालाई राजनीतिक घटना भन्दै प्रधानमन्त्री दाहाल र गृहमन्त्री निधिले तयारी थालेका छन् । घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई दिल्लीको ताज होटलमा भटेर मुद्दा फिर्ताका लागि मन्त्रिपरिषदमा छलफल गर्ने प्रधानमन्त्रीले आश्वासन दिएका थिए भने गृहमन्त्री निधिले कानुन मन्त्रालय र महान्यायाधीबक्ता रमण श्रेष्ठसँग छलफल गरिसकेका छन् ।

टीकापुर नरसंहारलाई राजनीतिक घटना भन्दै सरकारले मुद्दा फिर्ताको तयारी थालेपछि पीडित परिवारले प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्यालसँग भेट गरेका छन् । उनीहरुले पीडित प्रहरी परिवारसँग उभिन आइजीपीलाई आग्रह गरेका छन् ।

आइजीपी अर्यालले बरु पदबाट हट्ने तयार भएको जनाउँदै मुद्दा फिर्तामा आफ्नो सहमति नहुँने विश्वास पीडित परिवारलाई गराएका छन् । ‘आइजीपीबाट हटाइन्छ भने पनि म डराउँदिन, प्रहरीका परिवारलाई न्याय दिन नसके किन प्रहरी प्रमुख भएछ बस्नु’ उनले पीडित परिवारसँग भने ।

54 Comments
  1. यो मामलामा आइजिपि साप एकदम सहि छन् ।

  2. salute सरदा जी | तपाई को हो मलाई थाहा छैन एति थाहा छ कि राज्यले न्याए दिनु पर्ने एक पिडित महिला |तपाई न्याए का लागि अघि बढ्नुस तपाईं का पछाडी करोडौ न्याय प्रेमी नेपाली हुने छन | जो यो देशको तर मार्दै येही देशका नागरिक माथी क्रुर अन्याए गर्दै बचे खुचेका इमान जमान ,स्वाभिमान ,गौरब बिक्रि गर्दै हिडने हरु एक दिन जनताको अगाडी सामुहिक नांगेझार बनेर आउने पुस्त लाइ सुन्दर सान्त नेपाल हस्तान्तरण गर्न ढिला गर्नु हुदैन |यो देश कुनै प्रभु हरुको तलुवा चाट्ने झुण्ड को पेवा होइन |यो न्याए प्रेमी नेपालीको साझा देश हो |#चेतना_भया

  3. pidit tapai matra hora tyo ghatna ma kati nirdosh tharu haru mareka chan k tyo dekhnu vako chaina katiko ejjat lutiye bina karan dukha vogirachan tharuko ghar pasal chani chani ago lagaka chan tyo dekhnu vachaina k tiniharu ko balbalika tuhura bidhuwa vakachan tyo ghatna rajnitik navayera k hota adhikar ko ladai sarkar sanga garekai hun pidit dubai tira chan ajhai vogdaichan pani uchit kanuni upachar dubai tirakale paunai parcha ek tarfi hoina

    1. सहि कुरा त्यसो हो भने तपाई पनि कानुनि रुपमा लड़नुस ,,सत्य-तथ्य थाहा पाउछन सबै जनताले अनि पिडित ले न्याय पनि ,,कुनै पनि हत्या लाइ राजनीति संग्ग तुलना गर्न सकिदैन र गर्न पनि हुदैन ! पिडित ले न्याय पाउनै पर्छ ,,चाहे त्यो थारु होस् या प्रहरी ! यस्तो सम्बेदनशील कुरामा माफी भन्ने र मुद्दा फिर्ता भन्ने कुरै आउदैन ,,जो पिडित छ त्यसले न्याय पाउनै पर्छ तर हिंसाको बदला हिंशाबाट हैन कानुनि तबरले !

  4. सत्ता टीकाउन सत्ताधारी कुलङ्गारहरुले जे पनि गर्न सक्छन् । यस्तो कुरामा सचेत हुनै पर्छ । हत्यारालाइ कारबाही हुदैन भने यो देशका नेतालाई किन माथी पुर्याउनु ।

  5. सहि निर्णय हो प्रहरी प्रमखु को । हाम्रो पनि साथ छ यस्मा ।राष्ट्र सेवकको हत्यारालाई आममाफी अुन्छ भने सर्वसाधारणको हत्यारालाई के कारवाही होला ? यो देशमा कानुन छ कि छैन ? राष्ट्र सेबकको हत्या आरोप लागेका संग भेटनु प्रधानमन्त्रीको पदको अबमुल्यान भएन र ?

  6. Rajnitima eti nich hunchhan vanne kasle sochne. Hami Nepali janta testo jat ho jaslai bidesika katputalile nachauda nachne navae jiudo las ya daas vaera ramita herne.
    Raja falera nepalile thulo galti garekai ho ta ??

  7. सबैभन्दा ठुलो कुरा नर संहार लाइ नै आधार राजनीति मान्ने प्रधान मन्त्री भयको देशमा कति आश गर्न सकिन्छ र ? सबै राजनैतिक मुद्दा बरु मोदी को धोति मै गयर लुके राम्रो नभय धेरै टिक्ने ठाउँ छैन जनताको साथ र सुरक्षा निकाय संगै छन ! प्रचण्ड बिधता होइन उस्ले दिल्ली मा भेटेर दोसी बच्न लाइ ! अाइ जि साबको बोली परिवर्तन नहोस सम्पूर्ण नेपालीको चाहना !

  8. एक कदम पनि पछाडि नसर्नुस igp साहव ,तपाईकाे पछाडि सम्पूर्ण न्यायप्रेमी जनता छन ।

  9. किन हट्ने पदबाट तपाईं आइजीसाप ? तपाईं हटेर कसरी न्याय पाउलान् अमर प्रहरीका परिवारले ?

  10. टीकापुर नरसंहारका अभियुक्तहरुलाई माफी दिन मुद्दा फिर्ताको तयारी थाल्नेहरु महा-अप्राधिहरु हुन् , यि अपराधिहरुलाइ चिनि राखौ !

  11. राष्ट्र सेबक कर्मचारीको मनोबल गिर्ने काम गर्यो भने हामिपनि टुलु टुलु हेरेर बस्दैनौ एमाले चुप लागेर बस्दैनौं ।

  12. एक कदम पनि पछाडि नफर्कनुस igp साहब ,तपाईकाे साथ न्याय प्रेमी नेपाली जनता छन् ।

  13. हाम्रा प्रधान मन्त्री भारत भ्रमणमा गएको नै टिकापुर घट्नाका अभियुक्त रेशम चौधरीलाई भेट्न गएका हुन।दुधको साक्षि विरालो

  14. यो देश म न्याय गर्नेको अत्यन्त खान्चो छ . आइ जि पि साब ले ठीक भन्नु भएको छ भनिन्छ देश भक्ती त मर्दैग मर्दैन चुथ्थै देश भएपनी पती भक्ती त मर्दैन पापी पती भए पनि ।

  15. Government le ab yo marne r satama basirhne khel roknu paryo hoin vane
    Ekdin yosto vyabh abstha aaula ki na yo desh”Nepal” nai rhan6 n ta hamro astitaw.
    Ab hami public le kehi garne bela aaisake ko 6

  16. यो मुध्दा फिर्ता नगर्दा प्रधान मन्त्री प्रचण्डलाइ मधेसीले दियको समर्थन फिर्ता गर्ने हुदा प्रधान मन्त्री हट्ना साथ गृह मन्त्रीको पद पनि स्वत जाने भयकोले प्रधान मन्त्री र गृह मन्त्रीले आफ्नो पद जोगाउनकै लागि यो मुद्दा फिर्ता गर्ने नै छन तर यो मुद्दा फिर्ता गर्न सायद सर्बोच्चले अनुमती दिदैन होला अनि प्रहरी महानिरिक्षकले पनि सरकारलाइ सहयोग नगर्न सक्छन । यति हुदा हुँदै पनि मुद्दा फिर्ता लिय भने नेपाल को सर्बोच्च अदालतमा रिट हाल्न र अन्तररास्ट्रीय अदालत गुहार्न सकिन्छ । तपाईंको लागि न्याय प्रेमी सबै नेपाली साथमा छन ।

  17. प्रचण्ड ज्यु, तपाईं ८ जना पुलिसको हत्त्या गर्ने टिकापुर घटनाका दोषी संग भेट्ने अनि तपाईंकै उप-प्राधन मन्त्रि उशैको मुद्दा फिर्ता लिनु पर्छ भन्ने ? समिधानको कुन धारामा लेखेको छ ज्यानमारा अपराधीलाई मुद्दा फिर्ता लिने कुरा ? कुन आधारमा उसको मुद्दा फिर्ता लिन मिल्छ ? नया समिधानलाइ जसरि परिभाषित गरे पनि हुन्छ ? मुद्दा हेर्ने काम तपाइंको कि न्यायलयको ? के यो समाजलाई पच्ने निर्णय हो ? गृय मन्त्रीले आफ्नो स्वबिबेक प्रयोग गर्नु पर्छ कि पर्दैन ? पिडितलाइ न्याय चाहिदैन ? अपराधीलाई कुनै दण्ड दिनु पर्दैन ? तपाईंको निर्णयले मृत आत्माले सान्ति पाउला ? पुलिस मार्नेलाइ त् कारबाही हुन्न भने जनता मर्दा कसले कारबाही गर्ने ? तपाईं जनताको मन्त्रि कि अपराधीको साथि ? यस्तो गर्दा अपराधीको मनोबल बढ्दैन ? कानुनको पालना गर्नु र गराउनु तपाईंको कर्तब्य होइन ? तपाईंको संगीय व्यवस्थामा जनताले पाहुने कुरा यिनै हुन् ? जनता जान्न चाहन्छन /
    Unlike · Reply · Delete · 37

  18. लड्नुस् अघिबढ्नुस् सबै नेपाली तपाइको साथमा छन् । यस्तो अपराध पनि राजनीतिको नाममा फिर्ता लिइन्छ भने यो देश कुनै कानुनी शासनको राज्य होइन गुण्डाको राज्य हुनेछ । प्रहरी प्रमुखलाई सरकारले हटाए सरकारलाई जनताले हटाउने छ ।

  19. घटनाको मुख्य योजनाका रेसम चौधरी लाई दिल्लीबाट समातेर जेल मा हाल ।

  20. कस्तो देश अनि यो राजनिती मान्छे मारे छुट बलत्कारी लाई धरौटी भ्रष्टाचारी लाई पगरी राजनैनिक भने पछि जे गरेनी हुने प्रचण्ड जी ले हुकुम गरेछी र निधि जी ले बल लगएछी ऐन किन निएम किन सम्सद अनि अदालत किन चाहियो ?अन्तरास्ट्रिय मानव अधिकार को त कुरै नगरौ धिक्कार ! तर याद राख्नुस सबै जनता तपाईंहरुले जे भन्यो तेहि वाहवाह गरिरहेका छैनन र तपाईं को दया क्रीपा होइन मानविए न्याय को पक्ष म छन,खबर्दार एक्दिन नग्न बन्नु पर्ला ।

  21. शारदा जी न्यायको लागी कानुनी लडाई लड्नुहोस् जनता तपाईको साथमा रहनेछनन् । IGP सापले भन्नु भए जस्तो सजिलो छैन । प्रहरी प्रमुखलाई हटाउन, कानुनी लडाई लड्नु पर्छ । अहिले हिजोको जस्तो न्यायपालिका छैन । आज ठिक वेठिक, जायज नाजायज छुट्याउने नै छन् ।

  22. Security force should create ‘clean up squad’ and terminate each and every individuals who are the perpetrators of this and similar types of cases. This will not only save state coffers but will clean the country of political dirtiness.

  23. आइ जि पि को कुरा ठिक हो तर राजनितिक को पावार धेरै हुन्छ अरे यहाँ राम्रो काम गर्दा कि सरुवा हुन्छन कि त जवर जस्ती पैसामा बिक्न बाध्य बनाउछ्न राम्रो पक्षमा सबैले साथ दिन्छन यो बिदयलाइ त्यसै नछोड्नुस आइ जि पि साइप कस्को कसम खाएर यो वर्दी लगाउनु भएको छ पछि नहट्नुस हामी छौ साथमा

  24. शारदा जि तपाई नआतिनुस न्यायको ढोका ढक्ढक्याई रहनुस ! अदालत अन्धो छैन ! यि नेताले चाहदैमा केहि गर्न सक्दैनन् ! आबश्यक परे हामि जनता छौ साथमा !

  25. बास्तबमा यी जन्ताका प्रतीनिधी हुनकीअपराधीका हुन चिन्न नै गाराे भयाे

  26. कुनै पार्टीको राजनीतिक खोल ओढेर यस्ता घट्नामा चुपचाप बस्नु सभ्य समाजको लागी सुहाउने कुरा होइनकी

    1. सत्तामा गएर पिडितमाथी अन्न्यायगर्न कसैलाई aadhikaar छैन

  27. प्रहरी परीवारले न्याय माग्नु उचित छ । उपेन्द्रकान्त कै सरह आम नेपालीको साथ रहनेछ ।

  28. Teso bhaye Madhesh ka mahila harule ko sang nayay magne ho. bahunbad aakhir ma gareko hoin r ? Madheshi pahadi bat mariyo bhane thik6, tar rajya sang ladai garda murda firta na hune ho bhane desh ma jati pani manchhe mareka6n tesko barema aaj sam rajnitigya rupma nai firta ko bato liyekole yo sahi ho, kada bhaye man n dukhaunu hola, kinbhane archanako pida khukurilai ke thaha…

  29. This is not the first case ,during political demonstrations both part had to face losses.Actually the reason behind this is casteism.Whole nepal feels sorry towards Sharda Bohra mam .

  30. यस्तो सम्बेदनशील कुरामा माफी भन्ने र मुद्दा फिर्ता भन्ने कुरै आउदैन ,,जो पिडित छ त्यसले न्याय पाउनै पर्छ

  31. एक दम सहि कुराहाे अाइ जी पी सापकाे मेराे पनि समथर्न छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice