निर्वाचन आयोगले ११ दलको दर्ता खारेज ग¥यो

काठमाडौं । शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले ११ दलको दर्ता खारेज गरेको छ ।

निर्वाचन आयोगले नव नेपाल निर्माण पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, तराई मधेश हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ॐ सेना नेपाल, नव जनवादी मोर्चा,नेपाल कम्युनिष्ट ( संयुक्त माक्र्सवादी), नेपाल प्रजातान्त्रिक युवा पार्टी, नेपाल जनसंभ पार्टी, नेपाल दलित श्रमिक मोर्चा,  नेपाल कम्युनिष्ट पार्टी,( एकिकृत) गरी ११ दहलरुको दर्ता खारेज गरेको हो ।h

निर्वाचन आयोग ऐन,२०६३ को दफा २४ को उपदफा (१) को खण्ड (ख) बमोजिम ती दलहरुको दर्ता खारेज गरिएको हो । आयोगले पटक पटक ती दलहरुलाई आयव्याय बुझाउँन सूचित गराउँदापनि जवाफ पठाउन आनाकानी गरे सँगै दर्ता खारेज गरिएको हो । आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

त्यस्तै, आज बसेको निर्वाचन आयोगको बैठकले २०५८ सालको दफा १६ बमोजिम ८२ दलहरुलाई एक सय रुपैँया जरिवाना तिराउँन लगाएको छ । चित्त बुझ्दो  विवरण आयोगलाई पेश नगरे सँगै उनीहरुलाई जरिवाना तिर्न लगाईएको हो ।  प्रवक्ता शर्माले भने ।

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice