bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/33549 ) ) )

मिस नेपालका नाममा यसरी पनि ठगिन्छन छोरी चेलीहरु

पछिल्लो समयमा राजधानीमा सम्मानको नाममा पैसा लिदै सम्मानपत्र भिडाउने संस्थाहरुको बिगबिगी बढीरहँदा यी सबैलाई माथ गर्ने गरी नयाँ संस्था जन्मिएको छ । त्यो संस्था हो रिबन इन्टरटेन्टमेन्ट

 यो संस्थाले सुन्दरी प्रतियोगिताको नाममा गलत धन्दा चलाँउदै आएको सोही प्रतियोगितामा भाग लिई असन्तृष्ठ रहेका दर्जन भन्दा बढी प्रतियोगीहरुले आरोप लगाएका छन । विना दर्ता र विना इजाजत सञ्चालित यो संस्थाबाट आयोजना हुने यस्ता प्रतियोगिताको आडमा केही सञ्चालकहरु रातारात मालामाल बन्ने गरेको भेटिएको छ ।

nishu-ii
कहिँ कतै दर्ता नभएको यो संस्थाले हालैमात्र इन्टरनेशनल मिसेस नेपाल सिजन टु सम्पन्न गर्यो ।

प्रश्न यहिँ उठ्छ झोलामा कार्यलय बोकेर हिड्ने यस्ता संस्थालाई मिसेस नेपाल इन्टरनेशनल गर्ने सम्बन्धन कस्ले दियो ?
यो प्रतियोगिताको सञ्चालक हुन निसु झा

प्रतिव्यक्ति ५० हजारभन्दा बढी रकम ४२ जना प्रतियोगीबाट असुली एक महिनासम्म तालिम लिएर फाईनल सोमा आयोजकले आफूहरूमाथी अपमान गरेको आरोप लगाउदै मञ्जीला शर्माले भनिन् “हामी सम्मानको लागि विस्वास गरेर आयोजकले भनेको कार्य गर्न तयार भयौं, तर अन्त्यमा टप २० मा नसमेटिएका व्यक्तिलाई उत्कृष्ट घोषणा गरेको अवस्थामा हामी ठगिएको महसुस भयो ।”

कार्यक्रममा बोल्दै अर्की प्रतिष्प्रर्धी रिना गुरुङले थपिन, ‘आयोजक संस्था रिबन ईन्टरटेनमेन्टले ताज दिएन भनेर हामीले बिरोध गरेका होईनौ, प्रतिष्पर्धाको नाममा बारमा लिएर अनैतिक सम्बन्ध र अनुचित व्यबहार गर्न खोज्नुजस्तो जघन्य अपराधको बिरोध गरेका हौं ।”
बानेश्वर शंखमुलमा रहेको होटेल रानीमहलमा आफुहरूलाई एकमहिना एक साता तालिम दिएको बताउने प्रतिमा भण्डारीको आरोप थियो “तालिमको क्रममा हामीले केटाकेटीटको व्यबहार आयोजकबाट खेप्यौ, अपमानजनक व्यबहार खेप्नुपर्यो, यसको भण्डाफोर गर्नुपर्छ भन्ने लागेर यहाँसमक्ष आएका हौं ।”

त्यस्तै अर्की प्रतिष्प्रर्धी शुलोचना गुरुङ रोका मगरले पनि भनिन् “हामीलाई सुरुमा जुन प्रण गरेर भाग लिन लगाएको थियो त्यो समझदारी कुनै पनि पालना भएन, अर्कोतर्फ हामी तिन जनाको भोट सबै भन्दा बढि थियो, सारै कम नम्बर ल्याएकी मान्छेलाई वीनर बनाउँदा मलाई लाग्यो, यहाँ पैसाको खेल भयो ।”

अर्की प्रतियोगी संज्ञा श्रेष्ठले भनिन “छोरी भु्रण हत्याको बिरुद्धमा नारा दिएर आयोजना गरेको कार्यक्रममा हामी आमा र नारीहरूलाई एक महिना लामो समयमा जुन कुराहरू सिकाईएको थियो त्यसको विपरित क्रियाकलाप अन्तिम दिनमा भोग्नु पर्यो, तपाईको अफिस कहाँ छ, हामी जान्छौं भन्दा हामीलाई अफिस देखाईएन ।”

नारीको अस्मिता माथि नै प्रश्न चिह्न उठाउने यस्ता खालको गैह्रकानुनी धन्दा चलाउने आयोजकलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने र आयोजकले सार्वजानिक रुपमै माफि माग्नुपर्ने ति प्रतियोगीहरुको भनाई छ ।

आफू माथि अन्याय भएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यलयमा उजुरी समेत दर्ता गरिसकेकाछन । यस विषयमा एसकाठमाडौं डटकमले झासँग जिज्ञासा राख्दा आफ्नो संस्था कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको र यस प्रकारको प्रतियोगिता गर्नका लागि कसैको अनुमति लिनुनपर्ने र ति प्रतियोगीहरुले लगाएको आरोपलाई निराधर भएको  जवाफ दिएका छन ।

5 Comments
  1. ए अाधुनिक नारी हाे!रुपले चर्चित हुने काेशिश नगरेकै राम्राे।शिक्षालाई महत्त्व देऊ।जब तिमी पुर्ण शिक्षित हुन्छ्याै तब तिम्रा रुप गाैण हुन्छन् न त कुनै ब्वाँसाले र्याल चुहाउँछन् नत कुनै लाेभीपापीले अाखा लडाउँछन्।

    1. ए अाधुनिक नारी हाे!रुपले चर्चित हुने काेशिश नगरेकै राम्राे।शिक्षालाई महत्त्व देऊ।जब तिमी पुर्ण शिक्षित हुन्छ्याै तब तिम्रा रुप गाैण हुन्छन् न त कुनै ब्वाँसाले र्याल चुहाउँछन् नत कुनै लाेभीपापीले अाखा लडाउँछन्। copied Shamser thapa

  2. यो न्युज पद्धा खुसी लग्यो हामी महिला आफनो हक अधिकरको लागि अवज उठाउन सक्ने रहेछौ। तर अर्को तर्फ अति लजित पनि महसुस गरेको छु।किन कि यो event को म पनि हिस्सा हु र यह लेखिहेको”बारमा लिएर अनैतिक सम्बन्ध र अनुचित व्यवहार गर्न खोज्नु जस्तो जघन्य अपराधको बिरोध गरेको हौ।
    यदि यस्तो हो भने किन पहिला यो कुरा को आवज उथेन?
    २.येस्तो बेवार कसलाई गरियो??
    ३.यदि येस्तो बेवार भहेको हो भने ४० प्रतियोगिमा सबै किन फाइनलमा उत्रे???
    येस्तो समचर लेखनु हुने पत्रकार महसय जिउ लाई मेरो यो मथिको प्रस्न???
    र मेरा सम्पुर्न सहभगी सथी हरु लाई पनि के भन्न चहान्छु भने हजुरहरु को यो news ले हामी सम्पुर्न महिलको चरित्र हत्या गर्नु भा छ। यस्को जिम्मा कस्ले लिने????

  3. “सम्पूर्ण साथि हरुमा म यो भन्न चाहन्छु छु कि तेस्तै अनैतिक कार्य गरेको आफुलाई थाहा पाउनु भयको थियो भने सोहि समयमा नाम तोकेर किन कुरा राख्नु भयन? म कसैको पछे लियर बोलेकी होइन सिर्फ सत्य कुरा बोलिरहेकी रहेकी छु \सबैलाई बोल्ने अधिकार छ बोल्नुस तर अरुको निजि जिन्दगीमा समस्या पर्ने कुरा नबोल्नु सत्य तठे कुरा मात्र बोल्नुस ” यो समाचार ले सम्पूर्ण नारीको चरित्र हत्या भयको छ यसको जिमेवार को हुने ????????

  4. Harek contest ma bijeta euta matra huncha, ra harne jatile organizer lai aakrosh pokhnu samanya vaisakyo, dance bar ma lagera anaitik byawahar garyo bhanne nari harule finale bhanda aghi nai yesko aawaz uthaunu parthyo, program ko antya samma k ko lobhma chuppa lagera baseko? Final ma aafulai jitaidela bhanera ho ki kya ho??? Wahiyat, yesta halla haru uthdai garcha, online media mathiko biswas yestai news harule kam gareko ho, satya tathya nabhujhi je man ma lagyo’ tyehi chapne, kunai aadhar binako news ho yo, aruko samman lai thes pugne khalko news lekhnu purba saboot ra praman sankalan Gare ramro hunethiyo, mathiko tasvir ma deshka sammanit byaktitwa haru Chan, tesko samman gariyos. Ani aafno haar swikar nagarne nari haru, gharma basera bhada maje huncha, natra pariwar pani bigrela, chetana vaya.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice