bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/33542 ) ) )

उर्जामन्त्री शर्मालाई झोक उठेपछि चिनियाँ ठेकेदारको सातो खाए

काठमाडौं । नौ महिने प्रचण्ड सरकारमा उर्जामन्त्रीको पदवहाली गरेका उर्जामन्त्री जनार्दन शर्माले देशव्यापी रुपमा चर्चा बटुलिरहेका छन् । यस्तै,  बिहीबार चमेलिया जलविद्युत् आयोजनाका चाइनिज ठेकेदार  गेजुवा महाप्रबन्धक चोउ स्याङझोङलाई मन्त्रालयमा बोलाएर सातो पुत्लो खाएका छन् ।

चमेलिया जलविद्युत्को ठेक्का दश वर्ष पहिले नै लिएका गेजुवाले अहिलेसम्म पनि सम्पन्न नगरेपछि मन्त्री शर्माले चाइनिज ठेकेदार गेजुवासहितका प्रतिनिहिरुलाईं मन्त्रालयमा बोलाएर पटक पटक ‘के कारण हो,आयोजना निर्माण ढिलाई हुनुमा’ भन्दै हप्काएका हुन् ।

गेजुवाले २००७ सालमा चमेलिया विद्युत् निर्माणको ठेक्का लिएका थिए । विनाशकारी भूकम्पका कारण आयोजना निर्माणको काम सम्पन्न गर्न नसकिएको गेजुवाले बताएका छन् ।

चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य २०७१ सालमै ९८% प्रतिशत सकिएको थियो । काम सम्पन्न गर्न बाँकी दुइ प्रतिशत मात्र थियो । तर कसरी यस्तो भयो भन्दै आखाँ तेस्र्याएर दोहो¥याई तेह¥याई गेजुवा महाप्रबन्धक स्याङझोङ लाई भन्दै थिए । स्रोतले बतायो । मन्त्री शर्माले नेपाल विद्युत् प्राधिकर र चाइनिज ठेकेदार दुवैलाई आगामी असार मसान्तसम्म आयोजना सम्पन्न गर्ने मिति तोकेका छन् ।

मन्त्री शर्माले चाईनिज ठेकेदारलाई सात दिनभित्र आयोजना सम्पन्न गर्ने मिति र साताव्यापी रिपोर्ट बुझाउँन निर्देशन दिएका छन् । यससँगै गेजुवाका जनरल म्यानेजार र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई साक्षी राखेर ५ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।

मन्त्री शर्माको हप्काइ खाएपछि गेजुवा महाप्रबन्धकले आयोजना निर्माणको सम्पूर्ण फाइल सहित  हप्ता दिन भित्र आयोजना निर्माण गर्ने मिति पेश गर्ने भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice