कवाडमा काट्न राखेका जहाज यति एयरलाइन्सले दशै र तिहारमा उडाउने !

काठमाडौं । दशै, तिहार र छट जस्तो पर्वमा तपाई हवाई सेवा प्रयोग गर्दै हुनुहुन्छ ? हवाई सेवा प्रयोग गर्दै हुनुहुन्छ भने याद गर्नुहोस् तपाई चडेको विमान कवाडमा काट्न राखिएको पुरानो जहाज पर्न सक्छ ।

दशै, तिहार र छटलाई मध्यनगर गरी नीजि क्षेत्रका एयरलाइन्सहरुले टिकट बुकिङ खोलेका छन् । यही मध्येको एक यति एयरलाइन्सले भने विग्रिएर थन्क्यिाएका पुराना जहाजलाई समान्य मर्मत गरी सञ्चालन गर्न लागेको छ । यात्रुहरुको चाप बढेपछि यति एयरलाइन्सले प्राविधिकरुपमा निकै कमजोर जहाजको उडान भर्न लागेको स्रोतले बताएको छ ।

यति एयरलाइन्सले प्राविधिकरुपमा कमजोर जहाजमा उडान भर्ने तयारी गरेको सुचना पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीसँग पुगेको छ । सुचना पुगे लगतै मन्त्री शाहीले नेपाल उड्यन प्राधिकरणका कर्मचारीलाई छानविन गर्न निर्देशन दिएका छन् । ‘विग्रिएर थन्किएका जहाजलाई सामान्य मर्मत र पेन्टिङ गरी सञ्चालनमा ल्याउन लागेको सुचना मन्त्रीज्यूसँग आएको छ’ मन्त्री शाहीको नीजि सचिवालयले स्रोतले भन्यो ‘तत्काल मन्त्रीज्यूले छानविन गर्न सम्बन्धित ब्यक्तिलाई निर्देशन दिइसक्नु भएको छ ।

मन्त्री शाही आफै पनि पाइलट हुन् । उनले जहाजका बिषयमा धेरै जानकारी राख्ने गरेका छन् । पछिल्लो समय भएका हवाई दुर्घटनाका बिषयमा उनले अध्ययन पनि गरिरहेका छन् । विश्वको धेरै हवाई दुर्घटना हुने देश नेपाल हो । नेपालमा सञ्चालित नीजि एयरलाइन्सका कारण दुर्घटना धेरै हुने गरेका छन् ।

एउटा टुर एण्ड ट्राभल्सबाट सुरु भएको यति एयरलाइन्ससँग पुराना र कमजोर जहाज छन् । त्यसमध्ये पनि विग्रिएका जहाजलाई पनि सञ्चालनमा ल्याउने तयारी यति एयरलाइन्सले गरेको छ । नेपालमा सवैभन्दा बढि यति एयरलाइन्समा जोखिम भएको नागरिक उड्यन प्राधिकरणको प्रतिबेदनमा उल्लेख छ ।

तर यति एयरलाइन्सका सुचना अफिसर भीमराज राई भने यो बिषयमा कुनै प्रतिक्रिया दिन चाहँदैनन् । ‘कसले के भन्छ त्यसका पछाडी के प्रतिक्रिया दिँदै हिड्नु’ उनले भने । पुराना र थन्क्यिाएका कमजोर जहाज उडानमा ल्याउने गरेको तयारीका बिषयमा उनले कुनै प्रतिक्रिया दिएनन् ।

One thought on “कवाडमा काट्न राखेका जहाज यति एयरलाइन्सले दशै र तिहारमा उडाउने !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice