bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/33401 ) ) )

प्रचण्ड नेतृत्वको सरकारबाट चीनले धोका पाएको महशुस गरेको छ

सु लियाङ, चिनियाँ विज्ञ
प्रचण्डका नामले चिनिने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा अन्ततः भारतीय समकक्षी नरेन्द्र मोदीसँग हात मिलाएका छन् । नेपाली मिडियामा प्रकाशित तस्बिरहरुमा प्रचण्ड उत्साह जडित मुस्कानमा देखिन्छन् । उनले आशाका साथ आँखीभौं उघारेर मोदीसँग आँखा मिलाएका छन् ।
नेपाल र चिनियाँ नागरिकले प्रचण्डमाथी ठुलो आशा गरेका थिए । प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतकै गर्ने परपम्परालाई तोड्दै प्रचण्डले सन २००८ मा पहिलो भ्रमण चीनको गरे । तर आठ बर्षपछि प्रचण्ड पनि विगतमा बर्णन गरिएका जस्ता रहेनन् । बरु उनी झन अरु भन्दा बढि नै राजनीतिक स्वार्थ प्रति भारतसँग सचेत देखिए ।
उनको भारत भ्रमणका अवधीमा पश्चेश्वर बहुउदेश्यि आयोजना, भूकम्पपछिको पुननिर्माण, र पुर्व पश्चिम रेल वे विस्तार कार्यक्रमहरु उच्चस्तरीय भेटघाटका मुल एजेण्डा बने । जबकी यी आयोजनाहरुमा चिनियाँ चासो पनि थियो र चीनले सुरु गरेको चाईना बेल्ट र रोड इनिसियटिभले नेपाललाई ठुलै फाईदा पुग्नेथियो । यस्तो परिस्थितिका विरुद्ध नेपाली नागरिकले सहयोग गर्न सक्दैनन् तर प्रचण्डलाई सोध्न सक्छन–‘प्रचण्डले नयाँ दिल्लीसँग भातृत्वपूर्ण सम्बन्ध बनाउँदै छन वा भारत अधिनस्थ नेपालको अवस्था निर्माण गर्दैछन् ?’
जब प्रचण्डले भारत भ्रमणका लागि मोदीको निम्ता प्राप्त गरे तब भारतसँग द्धिदेशिय सम्झौताका प्रारुपहरु तयार हुन थालेका थिए । ठिक त्यति नै बेला पुर्व प्रधानमन्त्री खड्ग प्रसाद ओलीले चीनसँग गरेका महत्वपुर्ण सम्झौताहरु कार्यान्वयन नहुने आंशका बढे । त्यसपछि आफ्ना बिशेष दुत चीन पठाउनुको विकल्प प्रचण्डसँग थिएन । यसले पनि नेपाल–चीनबिचको सम्बन्धमा अकस्मात अम्लियपन उत्पन्न भयो । र अकल्पनिय रुपमा चिनियाँ नेताहरुको नेपाल भ्रमण स्थगित हुनपुग्यो ।

नेपाल र चीनबिचको सम्बन्ध अकस्मात तोडिने संवेदनशिल अवस्थामा पुग्यो । यसबाट पक्कै पनि चीनले आफुलाई धोखा भएको महशुस गर्यो । जबकी काठमाडौंलाई नयाँ दिल्लीको दबावबाट मुक्त हुन बेइजिङको सहायता आवश्यक पर्दथ्यो र त्यसका लागि नेपालले चीनको नजिक आएर बेइजिङसँग महत्वपुर्ण र सम्वेदनशिल सम्झौताहरुमा हस्ताक्षर गरेको थियो जसले नेपाललाई भारतको निर्भरताबाट माथी उठ्न मदत गर्दथ्यो । तर पुनः काठमाडौं प्रति भारतको दृष्टिकोणले केहि प्रश्रय पाएको छ । मुलुकका लागि चीनसँग मिलेर गरिएका पुर्ववत प्रतिवद्धताहरुलाई नेपाली राजनीतिज्ञहरुले पछाडी धकेलिदिएका छन् ।

उक्त लेख पढ्न यो लिंकमा जानुहोस

http://www.globaltimes.cn/content/1007091.shtml
सायद नेपालका राजनीतिज्ञहरु बेइजिङ र दिल्लीलाई समानदुरीको मित्रवत व्यवहार गर्न चाहादैनन् । भारतीयका तर्फबाट नेपालका राजनीतिज्ञहरुमाथी दिइएको दबावले बेइजिङ–काठमाडौं सम्बन्ध निर्माणमा महत्वपुर्ण भूमिका खेलिरहेको छ । यदि राष्ट्रिय हितमा आधारित कुटनीति छ भने यो अन्तिम हुने छैन, किन की परिपक्क कुटनीतिमा नैतिकता, न्याय र एकता आवश्यक हुन्छ । चीनले नेपाल र भारतको सम्बन्धमा कहिल्यै बाधा पुर्याएको छैन् । तर नयाँ दिल्लीले नेपाल–चीन सम्बन्धमा सधै हस्तक्षेप गरिरहेको छ । बेइजिङले सधै नेपालको विश्वास जित्ने प्रयास मात्रै गरिरहेको छ ।
नेपालले चीनसँग राम्रो सम्बन्ध विकास गर्न छोडेर भारतसँग बार्गे्निङ गर्ने माध्यमका रुपमा प्रयोग गर्न खोजेको हो भने यसले नेपालको स्थायीत्व, स्वतन्त्रता र पहिचानमै आघात पुग्न सक्छ । नेपाल र भारतको सिमामा डिफेन्स फोर्सको तैनाथी छैन, नेपाल र भारतबीच सञ्चारका धेरै माध्यमहरु पनि छन तर चीनसँग त्यस्तो सुबिधा छैन् । जब बेइजिङ र काठमाडौंले तीन वटै पक्षसँग सन्तुलित सम्बन्ध कायम गर्न खोज्छन् भने तेश्रो पक्ष स्वत सन्तुलित सम्बन्धका पक्षमा आउनै पर्ने हुन्छ ।

आजको नेपालले अवसरवादी बन्नु आवश्यक छैन् । तर राजनितिज्ञले दुरदर्शी र रणनीतिक हुनु आवश्यक छ । त्यस प्रकारका राजनीतिज्ञले मात्रै चीनले उपलब्ध गराएको वन बेल्ट वन रोड अवसरको सदुपयोग गर्न सक्नेछन् । नयाँ दिल्ली माथीको निर्भरतालाई कम गर्ने र विस्तारै पूर्ण स्वतन्त्र मुलुकका रुपमा पुनस्थापित हुने बाटोमा नेपाल अघि बढ्नु पर्छ ।

प्रचण्ड सन २००८ को आफ्नै बाटोबाट निकै टाढा पुगिसकेका छन् । जबकी ओलीले त्यसलाई रणनीतिक रुपले पुनः संरचना गरेका थिए । प्रचण्डले भारतको तिब्र दबाबमा ओलीले सुरु गरेको प्रक्रिया अवरुद्ध पारेका छन् । के प्रचण्डले उनको पुर्ववत निष्कर्ष र अभियान बिर्सेका हुन् ? नागरिक जवाफको पखाईमा रहेका छन् । तर जवाफ हुनेछ–‘चीन यो प्रक्रियाबाट टाढै बस्नेछ ।’

चीन–नेपाल सम्बन्धमा बेइजिङले केहि गुमाउने छैन, बरु काठमाडौंले धेरै कुरा प्राप्त गर्नेछ । त्यसकारण नेपालले सोच्नै पर्नेछ की उसले धेरै अवसरहरु गुमाउनेछ ।

(लेखक बेइजिङ इन्टरनेशनल स्टडिज युनिभर्सीटीको इण्डियन स्टडी सेन्टरका कार्यकारी निर्देशक हुन् र यो लेख ग्लोबल टाइम्सबाट अनुवाद गरिएको हो)

 

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice