लोकमानको बंगलामा दीपक मलहोत्राको गोदाम,रेखदेखका लागि खटाइयो दुई प्रहरी जवान

करोडौं अनियमितता गर्दै एकछत्र राज जमाँउदै आएका व्यवसायी दीपक मलहोत्रा अख्तियार प्रमुख लोकमान सिंह कार्कीको किन ‘यार’ भइरहेका छन ? यो रहस्य बल्ल फेला परेको छ । यी दुई बीचको ‘कनेक्सन’का बारेमा बजारमा अनेक टिका टिप्पणी भइरहँदा यस्लाई प्रमाणित गर्नेगरी गभ्भीर प्रंसग सहतमा आएको छ ।
यी दुई बीचको कनेक्सनको राज बुझ्न अख्तियार प्रमुख लोकमान सिंह कार्कीको बंगला पूरानो वानेश्वरमा गए पुग्छ । वानेश्वरमा रहेको क्याव्रिज स्कुल भन्दा थोरै माथि अर्थात धुर्मुस सुन्तलीद्धारा सञ्चालित शूभम मिडिया नजिकै छ लोकमान सिंह कार्कीको अलिसान वंगला । सो वंगलाको तेश्रो तलामा सामसुङ मोवाइलको बोर्ड झुण्डिएको स्पस्टै देख्न सकिन्छ ।

अहिले लोकमानका कार्कीका सबै परिवार सरकारले उपलव्ध गराएको टंगाल स्थित अख्तियारको क्वाटरमा बस्दै आएका छन । तर लोकानमको रित्तो घर कुर्नका लागि दुई जना प्रहरी जवान अहोरात्र खटिएका छन । त्यहाँ वानेश्वर प्रहरीले खटाएका दुई प्रहरी जवानले २४ सै घण्टा पहरा दिइरहेको देख्न सकिन्छ ।
मलहोत्राले अख्तियार प्रमुखको बंगलामै लगेर सामसुङ मोवाइलको वोर्ड झुण्डाउनुले पनि प्रमाणित हुन्छ कि दीपक मलहोत्रा माथि उजुरीका चाङ माथि चाङ लाग्दा समेत मलहोत्रालाई अख्तियारले किन छुन÷चलाउन सक्दैन भन्ने कुरा ।

malhotra

दक्षिण कोरियामा उत्पादन हुने मोवाईल सामसुङको आधिकारीक बिक्रेताको रुपमा रहेका मल्लोहोत्राको परिवारले मोवाइलको कारोबार देखाउदै अबैधरुपमा गैरकानूनी काम गरेको अख्तियारले छानबिन गरेपनि हालसम्म कुनै कारवाही गरेको छैन । त्यस्तै,भूकम्प पीडितका लागि भनेर ल्याइएको राहतको नाममा ल्याइएको त्रिपालबाट झण्डै एक अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरिएको भेटिएको पनि हो । सो कार्यमा सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र दीपक मलहोत्राले विपतको बेला करोडौं रुपैयाँ कमाउने योजना अनुसार पालको गुणस्तर, आकार र परिमाण छली गरेर भ्रष्टाचार गरेको पुष्टी हुन आएको छ ।

सामान खरिदमा ‘कोटेसन’ नै नहाली मलहोत्राको ग्यालेक्सी इन्टरनेशनलसँग त्रिपाल खरिद गरिएको थियो । मल्लोहोत्राले उपलब्ध गराएको त्रिपाल पहिले तोकिएको कुनै पनि मापदण्डअनुसार नभएको सतर्ककर्ता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कुनै परीक्षण नै नगरी मल्लोहोत्राले उपलब्ध गराएको त्रिपाल धमाधम वितरण गरिएको थियो तर सो त्रिपाल एकै दिनमा च्यातिएपछि भने गुणस्तरहिन त्रिपाल खरिद गरेको खुल्न आएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
तर यस्ता दर्जनौ उजुरी दर्ता भए पनि लोकमानसँगको भित्री सम्बन्धका कारण उनलाई कुनै कारवाही हुन सकेकोछैन ।

One thought on “लोकमानको बंगलामा दीपक मलहोत्राको गोदाम,रेखदेखका लागि खटाइयो दुई प्रहरी जवान
  1. राज्यप्रमुखले भ्रष्टाचारीलाई कार्बाहिमा रोकलगाउनु भ्रष्टाचारगरेको सरहहो । कार्बाही कसले गरने जनताले हो ?

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice