केपीसँग डिभोर्स गरेका प्रचण्ड माधव नेपालको प्रेममा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग डिभोर्स गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय एमालेकै अर्का नेता माधव नेपालको प्रेममा परेका छन् ।

ओली सरकारको बहिर्गमन हुनुभन्दा एक महिनाअघि देखि प्रचण्ड र नेपालको सम्बन्धमा सुधार आएको थियो । प्रचण्ड प्रधानमन्त्री बनेपछि उनीहरु निकै नजिक भएका छन् । एमालेले सरकारले बोलाएका बैठकमा नेपाललाई नै पठाउने गरेको छ ।

नेपाललाई भारतबाट समेत प्रचण्डले टेलिफोन गर्ने गरेको उनी निकट स्रोतले बताएको छ । प्रचण्ड भारत भ्रमणमा भएका बेला त्यहीबाट नेपालसँग टेलिफोन सम्पर्क गरेका थिए । भारत भ्रमण जानुभन्दा पहिले पनि नेपाल र प्रचण्डले तीन पटक ‘वान टु वान’ संवाद गरेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डको एमाले अध्यक्ष ओलीदेखि पुराना मित्र बामदेव गौतमसम्मले चर्काे आलोचना गर्ने गरेका छन् तर नेपालले भने प्रचण्डको आलोचना गर्न अहिले छोडेका छन् ।

नेपाल प्रधानमन्त्री हुँदा सवैभन्दा कडा आलोचक थिए प्रचण्ड । समर्थक थिए केपी शर्मा ओली । तर प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाल सकारात्मक छन् भने ओली आलोचक नै रहेका छन् । तर ओलीलाई प्रधानमन्त्री बनाउँदा प्रचण्ड मुख्य सहयोगी बनेका थिए ।

भोलीदेखि बस्ने एमाले केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण एउटा एजेण्डा छ । त्यसमा आफ्नो बचाउन गर्न प्रचण्डले माधव नेपाललाई आग्रह गरेको स्रोतले बताएको छ । तर एमाले अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतम भने भ्रमणका बेला प्रचण्डले राष्ट्रघात गरेको बताउँदै आएका छन् ।

एमालेले सरकारले ल्याउन लागेको संविधान सशोधनको बिषयम पनि एजेण्डा बन्ने भएको छ । अध्यक्ष ओली संविधान संशोधन गर्न नहुँने पक्षमा छन् भने नेपाल संविधान संशोधन गर्ने पक्षमा छन् । नेपालले सरकारले ल्याएका सवै बुँदा मध्ये केही बुँदामा संशोधन गर्नु पर्ने पक्षमा छन् ।

One thought on “केपीसँग डिभोर्स गरेका प्रचण्ड माधव नेपालको प्रेममा
  1. नेपालका ब्राह्मण नेताहरु जस्ता Crook र पाखण्डी त सायदै कुनै होलान—सन्दर्भ माकुने आचरण !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice