डा. गोविन्द केसीले सात दिनका लागि अनसन सारे

काठमाण्डौं । त्रिवि शिक्षण अस्पतलका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले एक साताका लागि आमरण अनशन सार्ने भएका छन् ।

डा. केसीले अघि सारेका चार बुँदे मागमध्ये सरकारले तीन बँुदा कार्यन्वयनका लागि खाका पेस गरेपछि उनले घोषित अनसनको कार्यक्रम एक साताका लागि स्थगित गरेका हुन । केसीले एक हप्ता भित्र आफ्ना माग कार्यान्वयन नभए फेरि अनसन थाल्ने चेतावनी दिएका छन् । केसीका अन्य माग पुरा गर्न सरकारले प्रक्रिया थाले पनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग बारे कुनै सुनुवाई भएको छैन । s

सरकारलाई लोकमानसिंह महाअभियोग प्रक्रियाका लागि डा. केसीले १० गते सम्मको अटिमेटम दिएका छन् । उक्त समयमा सरकारले केसीको माग पुरा नगरे फेरी नवौं अनशन सुरु गर्ने चेतावनी दिएका छन् ।

शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले आउँदो आइतबार सम्म पनि सरकारले आफ्नो माग पुरा नगरे सोमबार ४ बजे बाट अनशन पुन सुरु गर्ने घोषणा गरिसकेका छन् । हाल स्वास्थ्य मन्त्री रहेका काग्रेस नेता गगन थापा, धनराज गुरुङ र स्वतन्त्र सांसद श्याम श्रेष्ठले महाअभियोग सम्बन्धी छलफल गर्न सार्वजानिक महत्वको प्रस्ताव दर्ता गरेको भएपनि थापा माग कार्यान्वयन गराउने मुख्य निकायको जिम्मेवारीमा पुगि सकेकाले प्रस्तावको अर्थ नभएको संसदको भनाई छ । संसदले सो प्रस्ताव खारेज समेत गरिसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice