गृहमन्त्रीलाई प्रहरी प्रधान कार्यालयको चेतावनीः अपराधीलाई उन्मुक्ति दिँदा प्रहरीको मनोबल कहाँ पुग्छ ?

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले टिकापुर विभत्सपूर्ण हत्याकाण्ड र मधेस केन्द्रीत दलको आन्दोलनका क्रममा हत्या तथा अराजक गतिविधी गर्ने आरोपिको मुद्दा फिर्ता लिने तयारी गरेपछि प्रहरी प्रधान कार्यालयले असन्तुष्टी जनाएको छ ।

नागरिक सेवामा खट्टिएका प्रहरीहरुलाई आन्दोलनका नाममा खुलियाम भाला रोपि हत्या गर्ने आरोपिलाई उन्मुक्ति दिन नहुँने तर्क प्रहरी प्रधान कार्यालयले गर्दै आएको छ । तर मधेस केन्द्रीत केही दलको माग पुरा गर्न सरकारले ३७४ भन्दा बढिको मुद्दा फिर्ता लिने तयारी गरेको छ । उच्च प्रहरी अधिकृतदेखि जवान हत्याकाण्डका आरोपिलाई उन्मुक्ति दिने तयारी गृहमन्त्रालयले थालेपछि प्रहरी प्रधान कार्यालयले असन्तुष्टी जनाएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरीको हत्या गर्ने हत्यारालाई उन्मुक्ति दिए सेवामा खट्टिने प्रहरीको मनोवल गिर्ने भन्दै हत्यारालाई कानुनी कारवाहीमा ल्याउनु पर्ने सुझाव गृहमन्त्रालयमा पठाएको थियो । तर गृहमन्त्री निधिले प्रहरी प्रधान कार्यालयको सुझावलाई बेवास्था गर्दै दशै अघि मुद्दा फिर्ता लिने औपचारिक जानकारी गराएका छन् । गृहमन्त्रीको कार्यप्रति प्रहरी प्रधान कार्यालय असन्तुष्ट भएको छ भने मुद्दा फिर्ता नलिन गृहमन्त्रालयमा पत्राचार गरिसकेको स्रोतले बताएको छ । मुद्दा फिर्ता लिए अपराधीको मनोबल बढ्न र प्रहरीको बनोवल गिर्ने चेतावनी समेत प्रहरी प्रधान कार्यालयले दिएको छ ।

टीकापुर र मधेस केन्द्रीत दलको आन्दोलनका क्रममा १६० भन्दा बढि घटना घटेका थिए । घटनामा सहभागि ३७४ जनाबिरुद्ध हत्या र सार्वजनिक अपराधको मुद्दा दायर भएको छ । ति सवै मुद्दा फिर्ता लिन मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तर दवाव दिँदै आएको छ ।

सर्वाेच्च अदालतको पछिल्लो नजिरले मुद्दा फिर्ता लिन समस्या भएपछि गृहमन्त्रालयले कार्यविधी र नियम संशोधन गर्ने तयारी गरेको छ । कार्यविधि र नियम संशोधनका लागि गृहमन्त्रालयले कानुन मन्त्रालय र महान्यायाधीबक्ताको कार्यालयमा पत्राचार गरिसकेको स्रोतले बताएको छ ।

नेपाल प्रहरीका एसएसपीसहित आठ प्रहरीको हत्याकाण्डको छानविन गर्न राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देविराम शर्माको संयोजकत्वमा छानविन समिति बनाएको थियो । छानविन समितिले आफ्नो प्रतिवेदन बुझाएपनि गृहमन्त्रीले सार्वजनिक नगर्ने बताएका छन् । हत्याकाण्डमा को दोषि थियो त्यसको जानकारी हत्याकाण्डका पीडित परिवारले समेत थाहा पाउन सकेका छैनन् ।

त्यसैगरी मधेस केन्द्रीत दलको आन्दोलनमा भएका घटनाको स्वतन्त्र छानविन गर्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा समिति बनेको थियो । त्यसले पनि प्रतिवेदन दिइसकेको छ भने केहीलाई दोषी ठहर गरेको छ । त्यो प्रतिवेदन पनि सरकारले सार्वजनिक गरेको छैन ।

8 Comments
  1. दोषीलाई कारवाही गर्न सरकारले तत्परता देखाउन सक्नुपर्छ दोषीलाई उन्मुक्ति होइन कानुनी दायरामा ल्याउन आबश्यक छ । र देशको पदभार सम्हालेका गृहमन्त्री निधिले दोषीलाई कार्वाही गर्ने कताहोकता अपराधीलाई उन्मुक्ति दिलाउन लागिएको छ

  2. Hatyaraharuko sanraxan garne sarkarko kunkhal ko niyati ho ! hatyarako sanraxan nai garne ho bhane Hatyaraharuko sangathan lai sthapit garer Nepal Police ko sanstha kharej garos !Gunda Raja swayam Bimaledra Nidhi jasto patamurkha yo Deshko Home Ministry chha bhane Desko shanti su-byabastha hola bhaner chitaune……………?

  3. Rajnitek Sahamatika namma Deshko kanunlai Bhajayeara Aparadhilai kanunko gherama na launeho bhane ra mafi dineho bhane tinai aparadhile bholi rajnitik sahamati kartalai pani prabhu pyara nabanaulan bhanne. katidin netale paleara rakhxan.

  4. यो देस नेताहरूको मात्र होईन ।सबै नेपालीको हो।४lले आन्दोलन गरे सबै क्ष्यम्य हूने हो भने भोली को परिणिती को गम्भीरता संग समय मानै बिचार गर हो नेताहरू।सम्पूर्ण सुरक्षा निकाय मात्र होईन सबै चेतनशील नागरिक ले पनि प्रतिकार गर्न ज़रूरी छ ।नेताहरू लाई मनमानी गर्न न देउ

  5. गृहमन्त्रीलाई मेराे प्रश्न: लाेकतन्त्र के का र कसका लागि ? विधीकाे शासन यदि लाेकतन्त्र, प्रजातन्त्रमा नहुने हाे भने त्यस्ताे व्यवस्था किन ल्याउनु भयाे तपाईहरूले?

  6. यदि त्यस्ता देस द्रोहिलाई माफ गर्ने हो भने प्रहरीको के आवश्यकता गृहमन्त्रि ज्यु आफै एक्लै देसमा शान्ति गर्न तयार भए भैगो नि । यस्तै हुन जो जोगि आए पनि काने चिरिएका । अर्को चोटि मन्त्रि हुनलाई पनि सोचेर निर्णय गर्नु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice