bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/33178 ) ) )

मलाई भारतको पहिलेदेखि नै सहयोग थियो, मोदीजीसँग दिल खोलेर कुरा गरेँः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले पहिलेदेखि नै आफुलाई सहयोग गर्दै आएको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शनिवार साँझ दिल्लीमा पत्रकार सम्मेलन गरी आफुलाई शान्ति वार्तादेखि नै भारतले सहयोग गर्दै आएको बताए ।
शान्तिकालदेखि नै भारतको सहयोग छ, संविधान कार्यान्वयनमा पनि भारतको सहयोग हुन्छ भन्ने मैले विश्वास गरेको छु, प्रधानमन्त्री दाहालले भने संविधान सशोधनको बिषय नेपालको आन्तरिक बिषय हो तर कार्यान्वयनमा भने भारतको सहयोग हुनेमा म विश्वस्त छु ।

चार दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले मधेस केन्द्रीत दललाई आफुले कहिले पनि भारतसँग जोडेर नहेरको बताए । उनले मधेस केन्द्रीत दलका मागहरु संम्वोधन गर्नेतिर लागेको पनि जानकारी दिए ।

त्यसैगरी दाहालले आफु कुनैपनि छिमेकी राष्ट विरोध नभएको बताए । म कुनै देशको विरोधी होइन, मलाई चीन विरोधी भनेर हेरिदैछ, त्यो गलत हो । चीनका राष्टपतिलाई नेपालमा स्वागत गर्न म आतुर छु । उनले चीन र भारत आफ्ना लागि छिमेकी भएको बताए । दुवैलाई समानरुपमा सम्बन्ध कायम गर्न लागेको बताए ।

प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको दावी समेत गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले अब नेपाल र भारतबीच नयाँ सम्बन्धको सुरुवात भएको र त्यसले दीर्घकालीन महत्व पाउने समेत बताए । उनले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हित र चासोका विषयमा खुलेर कुराकानी गरेको बताए । प्रधानमन्त्री दाहालले भने “मैले भारतीय प्रधानमन्त्रीसँग खुलेर दिलदेखि नै कुरा गरेँ। म भ्रमणबाट पूर्ण सन्तुष्ट छु । यसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । मैले विश्वास लिएको छु, भ्रमण पूर्णरुपमा सफल भएको छ ।”

नेपालको समग्र विषय भारतले विशेष प्राथमिकतामा राखेको र नेपालप्रति आपसी हित र चासोमा विशेष ध्यान दिएको भन्दै प्रधानमन्त्रीले साझा चासो र हितमा एकआपसमा मिलेर काम गर्ने बताए ।

नेपालको जलविद्युत् विकास, भौतिक पूर्वाधार एवम् पर्यटनका क्षेत्रमा उल्लेखनीय रुपमा सहयोग गर्न भारत सरकार तयार रहेको भन्दै प्रधानमन्त्रीले संविधानको कार्यान्वयनसँगै आर्थिक समुन्नतिको दिशामा अगाडि बढाउन वर्तमान सरकार प्रतिबद्ध रहेको र त्यसमा भारतको पूर्ण सहयोग रहने बताए ।

लामो समयदेखि रोकिँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना, अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई गति दिन भारत सरकार सहमत भएको भन्दै प्रधानमन्त्रीले हुलाकी सडक, सीमा सुरक्षालगायत विषयमा महत्वपूर्ण सहमति एवम् समझदारी भएको बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice