हाम्रा नेता बाहिर-बाहिर भौतिकवादी भित्रभित्र आर्दशवादी : अध्यक्ष ओली

काठमाण्डौँ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले कम्युनिष्टको नाममा गैर–कम्युनष्टि क्रियाकलाप गरि रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय स्कुल विभागले शनिबार ललितपुरमा गरेको कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले पार्टीका धेरै सदस्य तथा नेताहरु कम्युनिष्ट नभएको बताएका छन् । उनले भने अलिकति भन्न नहुने कुराहरु छन्, सुटुक्क भन्छु म कम्युनिष्ट पार्टीको अध्यक्ष । म जुन पार्टीको अध्यक्ष छु, त्यस पार्टीका अधिकांश सदस्य कम्युनिष्ट होइनन । उनले भने धेरै नेता  कम्युनिष्ट होइनन भन्ने कुरा भन्न हुने कुरा होइन ।

उनले भने, ‘ढोका थुनेर माथिल्लो तलामा ग्रह शान्ति गराउँछन् नेताहरु । बाहिर बाहिर भौतिकवादी, भित्रभित्र आर्दशवादी ।’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice