मधेसी दलकै एजेण्डामा केन्द्रीत रह्यो मोदी र प्रचण्डको उच्चस्तरीय वार्ता

शुक्रवार नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच उच्चस्तरीय वार्ता भयो । उक्त वार्तामा राष्ट्रिय हित र देशलाई दीर्घकालिन फाइदा हुने विषयमा भन्दा पनि मधेशी मोर्चाको मागमा विषयमा गभ्भीर छलफल भएको छ ।
आज त्यहाँ बाट प्रकाशित अधिकांश लोकप्रिय पत्रिकाहरुले यस्को खुलासा गरेका हुन । टाइम्स अफ इण्डियाको १५ औं पृष्ठ, ,इण्डियन एक्सप्रेसको नवौं पृष्टमा मधेशी दलको एजेण्डामा मोदी र प्रचण्ड बीच छलफल भएको समचार लेखेका छन । त्यस्तै त्यहाँबाट प्रकाशन हुने हिन्दुस्थान टाइम्स,हिन्दु लगायतका अधिकांश पत्रिकाले मोदी र प्रचण्डबीच भएको उच्चस्तरीय वार्तामा मधेशी मोर्चाकै एजेण्डाको विषयमा छलफल भएको खबर लेखेका छन ।

यता,प्रधानमन्त्री प्रचण्डले उक्त भेटमा बिगतको जस्तो गल्ती नगर्ने उल्लेख गरेका छन ।

अमेरिका भ्रमणमा जान नदिने

उता प्रचण्ड र मोदीबीच मधेशी मोर्चाहरुकै मागमा विषयमा केन्द्रीत रहि छलफल चलिरँदा भारत भ्रमणबाट फर्किएलगत्तै अमेरिका भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अमेरिका भ्रमणमा नजान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दबाब दिने रणनीति बनाएका छन । असोज २ गते भारत भ्रमणबाट फर्किएलगत्तै मोर्चाले देशभित्रको समस्या समाधान गर्नका लागि अमेरिका भ्रमण स्थगित गर्न दबाब दिने भएको हो । भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका प्रधानमन्त्री प्रचण्डले भारतबाट फर्किएलगत्तै प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए ।
संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धताअनुसार अमेरिका भ्रमण स्थगित गर्न मोर्चाले माग गर्ने भएको हो । संविधान जारी भएको असोज ३ गते नै प्रधानमन्त्री प्रचण्ड संविधान दिवस मनाएर संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने तय भइसकेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice