• शुक्रबार ०३, कार्तिक २०७४

महिला संघमा देउवा र सिटौलाको बर्चश्व, उमा अध्यक्ष र धना महासचिवमा बिजयी

काठमाडौँ, । नेपाल महिला सङ्घको अध्यक्षमा उमा रेग्मी विजयी भएकी छिन् । पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसा सिटौला समुहकी साझा उम्मेद्धार रेग्मी महिला संघको तेस्रो महाधिबेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी भएकी थिइन ।

रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गरेकी छिन् । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले बताए ।
यस्तै महासचिवमा धना खतिवडा ९९८ मतले विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गरेकी छिन् । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी भएकी छिन् । भने उनको प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गरेकी थिइन ।
दुई हजार ११४ मतदाता रहेको महिला संघमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५६ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति, दलित, मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice