माओवादी लडाकु शिविर भ्रष्टाचारको छानविनमा महरासहित पाँच नेतालाई अख्तियारले बयानमा बोलायो

काठमाडौं । सर्वाेच्च अदालतले लोकमान सिंह कार्की नियुक्तिको सक्कली फाइल सात दिनभित्र पेश गर्न पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आदेश दिएकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार छानविन गर्ने निर्णय गरेको छ । शुक्रबार अपरान्न बसेको अख्तियारको बैठकले माओवादी लडाकुका लागि सरकारले छुट्याएको करोडौ रकमको छानविन गर्ने निर्णय गरेको छ ।

अख्तियारले माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचारमा सहभागि नेताहरुलाई ३० दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । वर्तमान उपप्रधानमन्त्री कृष्णबहादुर महरा, उर्जामन्त्री जनार्दन शर्मा, पूर्वअर्थमन्त्री बर्षमान पुन अनन्तलाई ३० दिनभित्र बयानका लागि अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ ।

वर्तमान अर्थमन्त्री महराले झण्डै एक महिनाअघि मात्र अख्तियारबाट क्लिन चिट पाएका थिए । क्लिन चिट पाएको दोस्रो दिन उनी उपप्रधानमन्त्री बनेका थिए । अख्तियारले महरासहित माओवादी केन्द्रका पाँच नेतालाई बयानका लागि बोलाएको स्रोतले बताएको छ ।

माओवादी लडाकुको शिविरमा भएको भ्रष्टाचार छानविन गर्न माग गर्दै तीन बर्षअघि एमालेको भात्रृ संगठन युवा संघ नेपालले अख्तियारमा उजुरी दिएको थियो । विभिन्न बहानामा उजुरीलाई मुलतवीमा राख्दै आएको अख्तियारले लोकमान सिंह कार्की नियुक्ति प्रक्रियाको फाइल सात दिनभित्र अदालतमा पेश गर्न आदेश दिएकै दिन छानविन प्रक्रिया अघि बढाएको छ ।

2 Comments
  1. बिचरा ती जनमुक्ति सेना भन्नेहरु कोहि अयोग्य भन्दौ रुदै निस्किए कोहि पेन्सन भन्दै निस्किए। उनिहरुलाइ राज्यले दिएको सुबिधा जति लेबि भन्दै तिनै महरा पुन र जनार्दन्हरुले कुम्ल्याए ।तिनीहरु त न घरका नघाटका भए अहिले खाडिमा कोहि ५० डिग्री तापक्रममा आफ्नो रगत पसिना बगाइरहेका छ्न, कसैलाइ डिप्रेसन भएर हल्ली रहेका छ्न। पाप धुरी बाट कराउछ भन्छन। पाप कराएकै हो भने अब यिनिहरु चाडै जेल जानुपर्छ ।

  2. नेपालका नेताहरुलाइ लाग्ने गरेका यस्ता भ्रस्टचारी दागहरु त फु गरेर धपाई दिन्छन हाम्रा Political हस्ती हरुले हेर्दै जाओ न … एउटा लाइ तान्दा सिङ्गै ६०१ लाइ लहरोले बाध्छ भन्ने बुझाइ सर्बत्र ब्याप्त छैन र ? अनि कसलाई यो चाहि भ्रस्टचारी रहेछ भनेर तोक्नु !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice