bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/32961 ) ) )

विद्यार्थीहरुको पहिलो रोजाई जापान नै !

अनुज कुमार श्रेष्ठ
प्रवन्ध निर्देशक,साकुरा कन्सलटेन्सी

प्लस टु सम्मको अध्ययन पूरा गरेसँगै धेरै विद्यार्थीको अध्ययनका विदेश जान चाहन्छन । उनीहरु उचित सर सल्लाह र कन्सलटेनसी नपाएर यता उता भौतारिन्छन पनि । कतिपय कन्सलटेन्सीहरु बिना दर्ता सञ्चालनमा आइरहेका छन । त्यस्ता कन्सलटेनसीबाट बिदेशिएका विद्यार्थीहरुको भविष्य समेत डमाडोल भइरहेको छ । त्यसकारण विदेशमा अध्ययन गर्न जानुपूर्व कन्सलटेन्सी कस्तो हो । दर्ता भएको छ वा छैन भन्ने विषय समेत विद्यार्थीहरुले ख्याल गर्नुपर्दछ भन्छन अनुज कुमार श्रेष्ठ । सामाखुशी चोकमा रहेका साकुरा कन्सलटेन्सीका प्रमुख श्रेष्ठ सामाजिक कर्ममा समेत उत्तिकै होमिएका व्यक्ति हुन । बीमा,राजनीति,समाजसेबामा समेत सक्रिय उनै श्रेष्ठसँग   एसकाठमाडौं डटकमका संवाददाता  भरत रावलले केही जिज्ञासा राखेका छन ।
साकुरा कन्सलटेन्सीले अहिलेसम्म कति विद्यार्थीलाई बाहिर पठायो ?
हामीले यस्को रेर्कड नै राख्न छोडिसक्यौं । यद्यपि वार्षिक एक सयका हाराहारीमा विद्यार्थीहरुलाई पठाँउदै आएका छौं । यो हिसाबले दश बर्षको अवधिमा एक हजार भन्दा बढी विद्यार्थी साकुरा कन्सलटेनसीको माध्यमबाट अध्ययनका लागि जापान पुगेका छन ।

साकुराले जापानको कुन विश्वविद्यालयमा विद्यार्थी पठाँउदै आएको छ ?

जापानका प्रमुख जसो सबै शहरहरु उत्तरमा सेन्दाई, होकाईदो देखि दक्षिणमा ओकिनावा, फुकुवका,नागासाकी  लगायतका जापानका प्रमुख सबैजसो चर्चित शहरमा पठाउछौ । मुख्य कुरा त हामीले विश्वविद्यालय भन्दा पनि पहिला जापानी भाषामा पोख्त बनाँउछौं । त्यसपछाडि मात्र त्यहाँका कलेजहरुमा आवेदन दिने चलन छ । कलेज छान्ने काम प्रायः विद्यार्थीहरुले आफैले गर्छन् । विश्वविद्यालयकै हिसावमा भन्ने हो भने नागासकीमा रहेको नागासाकी वेस्टन युनिर्भसिटी, टोकियोमा रहेको ‘युनिर्भसिटी अफ टोकियो वेल्फेर’मा पठाँउछौं ।

ssयो १० वर्षको अवधिमा के कस्ता चुनौतिहरु भेटनु भो ?

यो व्यवसायमा धेरै चुनौतीहरु छन् । हामीले यो व्यवसाय सुरुगर्दा जापानी रुपैंयाको नेपाली विनियम दर पाँच रुपैयाँ पन्चानब्बे पैसा थियो । अहिले दश रुपैयाँ साठी पैसा पुगेको छ । पहिला शुल्कको सबालमा त्यतिबेला दश लाख रुपयाँ फि तिर्नु पर्ने कलेजलाई नेपाली छ लाख तिरे पुग्थ्यो भने अहिले दश लाख साठी हजार तिर्नु परेको छ । सबै भन्दा ठुलो चुनौती भनेको अर्थतन्त्र नै हो । साथसाथै पहिला विद्यार्थीहरु त्यहाँको औद्योगिक बिकास,त्यहाँका प्रविधि देखेर केहि सीप सिकौ भन्ने उद्देश्यले जान्थे भने अहिले पैसा कामाउने उद्देश्यले जान्छन् । पछिल्लो समयमा यसरी जापान जाने विद्यार्थीहरुलाई पढाइतिर कसरी प्रेरित गर्ने भन्ने चुनैतीको रुपमा देखिएको छ ।

 

पहिले र अहिले जाने विद्यार्थीहरुमा कतिको कमी आएको पाउनु भयो ?

पहिला जाने ठाँउहरु सीमित थिए, अहिले नेपाली विद्यार्थी नपुगेको कुनै देश छैन् । पहिला अस्ट्रेलिया, युके र जापान जान्थे भने अहिले युरोपका धेरै देशहरुमा नेपाली विद्यार्थीहरुको लागी खुलेको छ । जापानको आफ्नै हिसावमा जाने विद्यार्थीको संख्यामा कमी आएको छैन् । पहिले कन्सल्टेन्सीहरु सीमित थिए अहिले कन्सल्टेन्सीहरुको संख्या धेरै बढेकोछ । कन्सल्टेन्सीबीचको अस्वस्थ प्रतिस्पर्धा पनि चलेको छ । पछिल्लो समय युरोप जाने विद्यार्थीमा केहि कडाई भएको छ जसले गर्दा जापान जाने विद्यार्थीको संख्या बढ्दो नै छ, घटदो छैन् ।

10846425_10203286288300170_7587730697650678413_nनेपाल धेरैजसो कन्सल्टेन्सीहरु दर्ता नभएर वा कर छलेर चलाइएका छन् भन्ने सुनिन्छ नि ?

दुई बर्ष अगाडीसम्म कन्सलटेनसी सञ्चालन गर्नुपूर्व कम्पनी रजिस्ट्रेसनको कर्यालयमा मात्रै दर्ता गरे पुग्थ्यो । पछिल्लो समयमा सरकारले यसमा कडाई गरेको छ । कन्सल्टेन्सी व्यावसायीहरुलाइ व्यवस्थित बनाउन हाम्रो छाता संगठन इ–क्यानको सक्रियतामा एउटा शैक्षिक परामर्श तथा छात्रवृत्ती ऐन बनाएका छौं । यो ऐन अनुसार शिक्षा मन्त्रालयका दर्ता नगरी कुनै पनि कन्सल्टेन्सी चलाउन पाइदैन । त्यस कारण कर भन्दा पनि शिक्षा मन्त्रालयमा दर्ता नभइकनै चल्ने थुपै कन्सल्टेन्सीहरु छन । हाम्रो कन्सल्टेन्सी आज भन्दा डेढ बर्ष अगाडि नै शिक्षा मन्त्रालय र आयकर विभागमा दर्ता भई सकेका छौ । हालसम्म पाँच सय चार ओटा कन्सल्टेन्सी दर्ता भएका छन भने १४ सय कन्सल्टेन्सी दर्ता हुने प्रकृयामा छन् ।

अन्तमा:जापान जान चाहने विद्यार्थीहरुलाई के भन्न चाहानु हुन्छ ?

जापान मानव अधिकारको पूर्ण प्रत्याभुति भएको देश हो । अहिले जापानको सरकारले संसदमा एउटा ऐन छलफलको क्रममा छ ।  जुन ऐन अनुसार दिनमा ४ घण्टा मात्रै काम गर्न पाउने व्यावस्थालाई बढाएर अहिले दैनिक ८ घण्टा काम गर्ने पाउने छन विदेशी विद्यार्थीहरुले । पहिला विद्यार्थीहरुले १० वर्ष पछाडि मात्र पीआर आवेदन गर्न पाँउदथें । त्यसमा पनि विभिन्न मापदण्डहरु पूरा गर्नुपर्दथ्यो भने अहिले सहज रुपमा पाँच वर्षको अवधि पार गरेसँगै पीआर पाउने व्यावस्था छ ।

यस्तै सुविधाहरुको कारणले गर्दा विद्यार्थीहरुको पहिलो रोजाई जापान बन्ने गरेको छ ।अन्तमाः बजारमा धेरै यस्ता कन्सल्टेन्सीहरु पनि छन । जसले नकली भिसा देखाएर ठगी गरी भाग्ने गरेका उदाहरणहरु पनि छन । त्यस्ता कन्सलटेन्सीसँग सचेत रहन विद्यार्थीहरुलाई आग्रह गर्दछु । साथैं अनुभवी व्यक्तिहरुद्धारा चलाइएको,शिक्षा मन्त्रालयमा दर्तावाल कन्सल्टेन्सीहरुबाट मात्र राम्ररी कुरा बझेर मात्रै निवेदन गर्नु हुन अनुरोध गर्दछु ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice