प्रचण्डको भारत भ्रमण: आशा कम शंका बढी

आजै देखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा आशा कम र शंका बढी गरिदैछ किन होला ? के प्रधानमन्त्री प्रचण्ड यति धेरै शंका गर्नुपर्ने व्यक्ति हुन त ?
एकाथरी बोल्ने तर व्यवहारमा अर्कैथरी गर्ने  प्रधानमन्त्री प्रचण्डको स्वभाव र चरित्रका कारण अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जति शसंकित छ । उति नै शंका गर्दैछन प्रचण्डलाई राम्रैसँग भोगेका पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराई । धेरैको बुझाई छ,यो सरकार दक्षिणकै जोडबलमा निर्माण भएको हो । यसकै फलस्वरुप यस अगाडि उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारत भ्रमण गर्दा फाष्ट ट्रयाक भारतलाई सुम्पने योजना बनाएको खबरले प्रश्रय पायो । यद्यपि प्रधानमन्त्री प्रचण्डले फाष्टट्रयाक नेपालीले नै बनाउनुपर्ने बताउन छाडेका छैनन ।prachand-oli

एमालेले प्रचण्डलाई घाँटी घाँटी हुने गरी भोगेकै हो । त्यही कारण पनि प्रचण्डको भारत भ्रमणको पूर्व सन्ध्यामा प्रचण्डलाई ६ बुँदे खबरदारी समेत एमालेले गराइसकेको छ । प्रचण्डलाई खबरदारी गराउनेमा विवेकशील नेपाली नामक पार्टी पनि छ । यस्का अलवा नागरिक समाजले समेत भारतसँग नेपाललाई दीर्घकालिन घाटा हुने कुनै पनि प्रकारको सन्धी सम्झौता नगर्न झकझकाइसकेकाछन ।

यस्तै पूर्व प्रधानमन्त्रीहरु केपी ओली, झलनाथ खनाल,माधव नेपाल,लोकेन्द्र बहादुर चन्द सहित बाबुराम भट्टराई,विवेकशील नेपाली पार्टी,नागरिक समाजसम्मले समेत प्रचण्डलाई कुनै पनि राष्ट्रघाती सन्धी सम्झौता नगर्न सचेत गराएका छन ।  प्रचण्ड प्रति धेरैले यति बिध्न शंका गर्नुको कारण घन्टा घन्टामा बोली फेर्ने उनको व्यवहार नै प्रमुख कारण मानिन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice