….त्यसपछाडि खिन्न भए अजयराज सुमार्गी

सबै पाहुना र सञ्चारमाध्यमलाई वाँडिएको निमन्त्रणा कार्डमा प्रमुख अतिथीको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम उल्लेख थियो । राष्ट्रिय समारोहजस्तो गरी सजाइका मञ्च, बगैचाभित्र राखिएका टेन्ट, पाहुनाको सत्कार गर्न स्वंयम व्यापारी सुमार्गीको दौडधुप देखिन्थ्यो । सुरुमा निकै उत्साहित र हौसिएका सुमार्गी एकाएक निराश बने ।

जब प्रचण्ड नआउने खबर आयो तर उनी निराश बन्न पुगे । उनको बारेमा लेखिएको पुस्तक ‘अजयराज सुमार्गी’ । प्रचण्ड नआउने भएपनि उनको अनुहारबाट स्पष्ट छटपटी देखिन्थ्यो । घरी मोबाइलमा डायल गर्ने त घरी मञ्च अगाडि राखिएको खाली कुर्सी हेर्दै निराश देखिन्थे । आफ्नै बारेमा लेखिएको पुस्तक ‘अजयराज सुमार्गी’ पुस्तक बिमोचन समारोहमा उनले प्रधानमन्त्री प्रचण्डदेखि राजनीतिक दलका धेरै नेतालाई निम्तो दिएका थिए ।ajay-sumargi-book-lunch-1

विवादास्पद व्यापारीको आरोप खेप्दै आएका सुमार्गी र प्रचण्डको सम्बन्ध राम्रो रहेको चर्चा रहेपछि प्रधानमन्त्री सहभागी भएनन् । माओवादीबाट सांसद रामनारायण विडारी बाहेक अन्य नेता थिएनन । कांग्रेसका पूर्व सभासद शोभाकर पराजुली, एमालेका सांसद कर्णबहादुर थापा सहभागी थिए । भारतको सत्तारुढ भाजपाका नेता विजय जोली विशेष अतिथीका रुपमा उपस्थित भएका थिए । कार्यक्रममा प्रमुख अतिथी थिए विवादास्पद छवि भएका मुक्तिनाथ पिठाधीश जगतगुरु स्वामी कमल नयनाचार्य । कार्यक्रममा वैंकर अनिल शाह, स्वामी योगी विकासानन्द लगायतका व्यक्तिहरुहरुको सभागताी थियो ।

निर्धा्रित कार्यक्रम १०:३० बजेसम्म प्रधानमन्त्री आउने चर्चा चलेको थियो । तर सुमार्गीले अपेक्षा गरेको व्यक्तिहरु कोही नआएपछि उनी खिन्न देखिन्थे ।कार्यक्रममा पूर्व प्रधानमन्त्री कृतिनिध विष्टलाई बोलाइएको भएपनि उनी पनि अस्वस्थताका कारण सहभागी हुन नसकेको आयोजकले जानकारी गराएको थियो ।  उनको बारमा लेखिएको निर्मलकुमार थापा र अरुणराज समार्गीले लेखेका हुन् । व्यापारी भएपछि धेरैले सित्तैमा किताबको खोजी गरेपनि किताबको मुल्य पाँच सय भएपछि धेरैले नकिनि बाहिरिएका थिए ।

सम्बन्धित समाचार

फाटेकै हो त अजयराज सुमार्गीसँग प्रचण्डको ‘मन ?’

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice