bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/32935 ) ) )

प्रधानमन्त्री प्रचण्ड सहित ४२ जनाको जम्बो टोली भारतको राजकीय भ्रमणमा निस्कदै

काठमाडौं । आज ( बिहीबार ) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ४२ जनाको जम्बो टोली लिएर भारतको चार दिने राजकीय भ्रमण गर्दै छन् । दोस्रोपटक प्रधानमन्त्री पद सम्हालपछिको यो उनको पहिलो राजकीय भ्रमण हो ।

प्रधानमन्त्री प्रचण्डको जम्बो टोली बिहीबार विहान ११ बजे नेपाल वायु सेवा निगमको जहाजबाट नयाँ दिल्ली प्रस्थान हुने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत, व्यवसायी लगायत सञ्चारकर्मीहरुले भारतको राजकीय भ्रमणमा सामेल हुने बताइएको छ ।

प्रधानमन्त्रीको जम्बो सरकारी टोलीले सरकारी खर्चमा भारतको राजकीय भ्रमण गर्ने छन् भने व्यवसायीहरुले व्यक्तिगत खर्चमा राजकीय भ्रमण गर्ने जनाइएको छ । प्रधानमन्त्री प्रचण्ड जहाजबाट अवतरण गरेसँगै नयाँ दिल्लीस्थित नेपाली राजदूतावसको दिवाभोजमा सहभागी हुने छन् ।

प्रधानमन्त्री प्रचण्ड असोज २ गते स्वदेश फर्किदै छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice