उदयपुर जिल्लालाई दश स्थानीय निकाय बनाउने सहमति

गाईघाट (उदयपुर) । राजनीतिक दलबीच विभिन्न बादविवादको बीच पनि अन्तिममा आएर उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना गर्ने सहमति भएको छ ।

आइतबार तथा सोमबारसम्म पनि जिल्लाका राजनीतिक दल स्थानीय निकाय पुनःसंरचनाको सङ्ख्यामा आ–आफ्नै अडानमा रहेका थिए तर अन्तिममा आएर १० स्थानीय निकाय बनाउने सहमति भएको स्थानीय निकाय पुनःसंरचना समितिका प्राविधिक संयोजक तथा स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीले बताए ।

जिल्लालाई चारवटा नगरपालिका र छवटा गाउँपालिकामा पुनःसंचना गरेर दश स्थानीय निकाय बनाउनको लागि अन्तिम प्रदिवेदन लेखनको तयारी समेत भइरहेको स्थानीय विकास अधिकारीले बताएका छन् ।

यसअघि स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा नेकपा (माओवादी केन्द्र)ले ११ निकाय, नेकपा (एमाले) ले नौवटा र नेपाली काँग्रेस पनि सातदेखि १० निकाय हुनपर्ने पक्षमा अडान राख्दै आएको थिए ।

यस्तै साना दलले सातदेखि १३ सम्म निकाय हुनपर्ने अडानमा थिए । अब भने तीनवटा नगरपालिका र ४० गाविस रहेको उदयपुर जिल्लालाई औपचारिक रुपमा दश स्थानीय निकायमा पुनःसंचना गर्न लागिएको पनि समितिका प्राविधिक संयोजक पिताम्बर अधिकारीले बताए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice