अस्पतालको शैयाबाट गंगामायाले तोडिन तीन बर्ष लामो अनशन

काठमाडौं । छोराका हत्यारालाई कानुनी कारवाहीको दायरामा ल्याउने आश्वासन पाएपछि गोरखा भुजेलकी गंगामाया अधिकारीले बर्षाै लामो आफ्नो अनशन तोडेकी छिन् । चितवन जिल्ला अदालतले छोरा हत्या प्रकरणमा साक्षी बकपत्र गराउने भएपछि गंगामायाले वीर अस्पतालको शैयाबाट अनशन तोडेकी छिन् ।

छोराका हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पति बर्षाै लामो अनशनमा बसेका थिए । अनशनकै क्रममा झण्डै दुई बर्षअघि पति नन्दप्रसाद अधिकारीको मृत्यु भएको थियो । पतिको मृत्यु भएपनि अनशन नतोडेकी गंगामायाले मंगलबार तीन बर्षलामो अनशन तोडेकी छिन् ।

मंगलबार मानवअधिकार कर्मी र कानुन ब्यवसायीको आग्रहमा उनले अनशन तोडेकी हुन् । कानुनको सम्मान गर्न हामीले आग्रह गरेपछि उहाँले अनशन तोड्नु भएको छ, अधिबक्ता ओमप्रकाश अर्यालले भने उहाँका लागि कानुनी लडाई हामी लड्छौ ।
जुस खाएर अनशन तोडेकी गंगामायाले छोराका हत्यारालाई कारवाही नभए फेरी अनशन बस्ने चेतावनी समेत दिएकी छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice