पुनःगठित कम्युनिस्ट केन्द्र मालेमा समाहित

काठमाडौं । पुण्य गौतम ‘विश्वास’ को नेतृत्वमा पुनः गठित क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेकपा (माले) मा समाहित भएको छ ।

मणि थापाको नेतृत्वमा रहेको सो केन्द्र नेकपा (माओवादी केन्द्र) मा एकतामा गएकामा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार छाडेपछि विश्वासलगायतले एकता प्रक्रियाबाट अलग भई कम्युनिस्ट केन्द्र पुनःगठन गरेको थियो ।

क्रान्तिकारी कम्युनिस्ट केन्द्रका महासचिव तथा प्रगतिशील राष्ट्रवादी अभियानका संयोजक रहेका विश्वासले सशस्त्र युद्धमा पनि भाग लिएका थिए ।

नवप्रवेशी विश्वासलाई मालेले पोलिटब्युरो सदस्यको जिम्मेवारी दिएको छ । आजको सो पार्टीको बैठकमा पार्टीका महासचिव सिपी मैनालीले उनलाई स्वागत गरेका थिए । माक्र्सवाद, लेलिनवाद तथा माओ विचारधारालाई मान्दै आएको छ ।

नेता गौतमले आफूहरुलाई मालेको विचारधारा मान्य भएको र प्रगतिशील तथा राष्ट्रवादी शक्तिबीचको सहकार्यमा जोड दिए । गौतम यही भदौ २५ गते पार्टीमा समाहित हुनुभएको महासचिव मैनालीले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice