सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा

जाजरकोट । जाजरकोट जिल्लाका अधिकांश सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा पढने गरेका छन् ।

जिल्लाका ४४४ सामुदायिक विद्यालयका अधिकांश शिक्षकले आफ्नो छोराछोरी महँगा तथा सदरमुकाममा निजी विद्यालयमा पढाउने गरेको पाइएको छ ।

आफ्ना छोराछोरी निजीमा पढाउने र गरिब जनताका छोराछोरीलाई सामुदायिक विद्यालयमा राम्रोसँग नपढाउने गरेका कारण सामुदायिक विद्यालयप्रतिको शैक्षिक गुणस्तरप्रति विश्वास हराएको अभिभावक बताउँछन् । शिक्षक नेताका छोराछोरी नै सबैभन्दा महँगा विद्यालयमा पढ्ने गरेको पाइएको छ ।

केही शिक्षक राजनीतिक दलका कार्यकर्ता भएका कारण शैक्षिक सुधारभन्दा पनि विद्यालयमा राजनीतिक गफ बढी गर्ने गरेको पाइएको छ ।

राजनीतिक दलको बैठक, जिल्लामा हुने अधिकांश बैठकमा समेत शिक्षक राजनीतिक दलको प्रतिनिधि भएर उपस्थित भएको पाइएको छ । केही शिक्षकले निजी विद्यालय खोलेर पूरै ध्यान त्यतैतिर दिने गरेको अभिभावकले बताएका छन् ।

निजीमा पढाएर प्रवेशिका परीक्षामा सामुदायिक विद्यालयबाट परीक्षा दिन लगाउने गरेको पनि पाइएको छ । सबैले सामुदायिक विद्यालयमा छोराछोरी पढाउँभन्दा पैसा हुनेले जहाँ पढाए पनि हुन्छ भनेर ठूला कुरा गर्ने गरेको सक्ला–१ का धनबहादुर खत्रीले बताए ।

विद्यालय व्यवस्थापन समिति गठन गर्दा अभिभावकलाई विभिन्न प्रलोभनमा पारेर आफू अनुकूलको विद्यालय व्यवस्थापन समिति गठन गर्न सबै शिक्षक एकजुट हुने गरेका छन् । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice