भारतीय मिडिया लेख्छ­ : नेपालका परराष्ट्रमन्त्री प्रकाशकमल दाहाल

कहिले काँही सानो गल्तिले निकै ठूलो झड्का लाग्छ । सञ्चार माध्यममा हुने गल्तीले पाठकलाई गलत सन्देश मात्रै जाँदैन सन्चार सम्बद्ध संस्थाको विश्वासनीयतामा पनि आँच पुग्ने गर्दछ ।

समाचारको हेडलाइनमा हुने सामान्य मिस्टेकले ठूलो अर्थ राख्ने गर्दछ । भारतीय चर्चित अनलाईन पत्रिका ‘द इन्डियन एक्सप्रेस’ले नेपालका परराष्ट्रमन्त्रीको नाम नै गलत लेखेको छ ।नेपालका परराष्ट्रमन्त्री प्रकाश कमल दाहाल भन्दै उनीहरुले गलत नाम लेखेका हुन् ।

भारतीय विदेश मन्त्री र नेपालका परराष्ट्र मन्त्री प्रकाशशरण महतको भेटको समाचारको शिलशीलामा शिर्षकमा भने प्रकाश कमल दाहाल भनिएको छ ।

forign-minister
दिउँसो तीन बजे प्रकाशित समाचार अहिलेसम्म सच्याइएको छैन ।समाचारको लिडलाईनमा भने परराष्ट्रमन्त्री महतको नाम गलत लेखिएको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice