प्रचण्डको निर्णय मान्दैनौ भन्दै पेरिसडाँडामा यूवाहरु गर्जदै

पार्टी एकीकरण भएको चार महिना भयो । तर सबैभन्दा ठूलो भातृ संगठन वाइसियलको विवाद मिलाउन नसक्दा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको टाउको दुखाईको विषय बनेको छ ।

पार्टी एकीकरणका बेला वाइसिएलको नेतृत्व रामबहादुर थापा पक्षधरले लिने सहमति भएको थियो । सोही अनुसार थापा पक्षका नेपबहादुर कुँवरलाई अध्यक्ष बनाउने नेताहरुका बीचमा सहमति भयो । कुँवरको उमेर ४८ बर्ष भइसकेको र पार्टी तथा देशको युवा नीति अनुसार उनी युवा उमेरभित्र नपर्ने भन्दै तत्कालिन एकीकृत माओवादी पक्षको वाइसिएलले विरोध जनाउँदै आएको छ ।

पचास वर्ष उमेर टेक्न लागेका व्यक्तिलाई यूवादस्ताको नेतृच्व सुम्पिन खोजिएसँगै प्रधानमन्त्री प्रचण्डको पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।ycl

पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताहरुले नीति विपरित अध्यक्ष तोकेको भन्दै नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) मा असन्तुटि बढेको छ । नीति विपरित नेतृत्व तोकिए भन्दै तत्कालिन एकीकृत नेकपा माओवादी सम्बद्ध वाइसिएलको भिन्दै बैठक आज बस्दैछ । पेरिसडाँडामा बस्ने बैठकले संस्थागत रुपमै पार्टी नेतृत्वलाई निर्णय सच्चाउन अपिल गर्ने वाइसिएलका नेताहरुले बताएका छन् ।

बादल पक्षको भिन्नै भेला

यसअघि वाइसिएलले दोहोरो जिम्मेवारीमा रहेकाले कुनै एक जिम्मेवारीमात्र रोज्नुपर्ने, उमेर हदभन्दा माथिका स्वतः संगठनबाट बाहिरिनेलगायतका निर्णय गरेको थियो । सोही निर्णय र विधिका आधारमा ५०० को संख्यामा रहेको केन्द्रीय समिति १५१ मा ल्याइएको थियो । तत्कालिन नेकपा माआवादी पक्षको वाइसिएलले नेपबहादुरलाई नेता मान्न अस्विकार गरेपछि रामबहादुर थापा पक्ष वाइसिएल पनि बैठकको तयारीमा रहेको बुझिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice