सात जना नेपालीको हत्या गर्ने कुख्यात भारतीय अपराधीसँग नेपाली नागरिकता र पासपोर्ट !

राजविराज । सातजना नेपाललीको हत्या गर्ने भारतीय कुख्यात अपराधी मोहम्मद मुस्तकिम भनिने रइस मियाँसँग नेपाली नागरिकता र दुई नामबाट पासपोर्ट जारी भएको खुलासा भएको छ ।
तीन बर्षदेखि मोष्टवान्टेड सुचिमा रहेका मियाँलाई १९ साउनमा त्रिभूवन अन्तराष्टिय विमान स्थलबाट पक्राउ गरिएको थियो । भारत विहार राज्यको मधुवनी बागरियामा घर भएका मियाँले सप्तरी सरस्वर ७ बाट बंशजका आधारमा नेपाली नागरिकता लिएको पाइएको छ ।
मियाँले १० चैत २२०६ मा गाउँमा पुगेको घुम्ति सिविरबाट मियाँले नेपाली नागरिकता दिएको नागरिक दैनिकमा समाचार छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ०६३१०५। ४९० नागरिकता नम्वर रहेको मियाँको बाबुको नाम मुराई मियाँ कुजरा उल्लेख गरिएको छ । मुराईलाई बाबु बनाएपनि उनी ससुरा भएको सप्तरीका प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice