bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/09/32684 ) ) )

संविधान कार्यान्वयनका लागि काँग्रेस प्रतिबद्ध : मन्त्री लेखक

इटहरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका पक्षमा नेपाली काँग्रेस सशक्त रुपमा लागिपरेको बताएका छन् ।

सुनसरीको इटहरीमा आज आयोजित नेपाली काँग्रेस इटहरी उपमहानगरपालिकास्तरीय नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसले २००७ सालअघि नै जनताले लेख्ने संविधानका माग गरेको र त्यो नेपाली काँग्रेस नेतृत्वकै सरकारको पालामा आएर जारी भएकाले यसको कार्यान्वयनको पक्षमा कबाभ्रेस जोड्दार रुपमा लागिरहेको छ भने ।

काँग्रेस केन्द्रिय सदस्यसमेत रहनुभएका मन्त्री लेखकले संविधानको पूर्ण कार्यान्वयनका लागि चाँडै नै स्थानीय, प्रदेश र राज्य तहको चुनाव सम्पन्न गराउन जरुरी रहेको बताउँदै त्यसका लागि स्थानीय निकायको सङ्ख्या लगायतका विषयलाई चाँडै टुङ्ग्याएर वर्तमान सरकारले तीनै तहको निर्वाचन गराउने प्रतिबद्धताका साथ अघि बढिरहेको जानकारी दिए ।

मन्त्री लेखकले संविधानमा सबैको चित्त बुझ्न नसक्नु स्वाभाविकै हो भन्दै त्यसमा समय सापेक्षताका आधारमा सुधार वा परिमार्जन वा संशोधन हुँदै जाने हो बताए ।

संविधानकै विषयलाई लिएर देशलाई नै धरापमा पार्ने तथा संविधानको मूल मर्म र भावना विपरीतको कार्य गर्नु भनेको देश तथा जनतालाई नै धरापमा पार्ने षडयन्त्रबाहेक अरू केही हुन नसक्ने बताउँदै उनले स्थानीय निकायको सङ्ख्या वा कुन स्थानका व्यक्ति कुन प्रदेशमा बस्ने हो भने विषय त्यहीँका नागरिक र अहिले निर्धारण गरिएका प्रदेशका जनताले निर्णय दिने भएकाले अहिले नै कसलाई कता लैजाने भन्ने मुद्दाको निर्णय गर्नु उपयुक्त नहुने बिचार व्यक्त गरे।

काँग्रेस सुनसरीका सभापति राजीव कोइरालाले वर्तमान अवस्थामा स्थानीय निकाय पुनः संरचना आयोगका काम कार्वाहीका विषयमा काँग्रेसले स्पष्ट धारणा र निर्णय सार्वजनिक गर्न जरुरी रहेको बताए । रासस

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice