भारत भ्रमणको पूर्व सन्ध्यामा प्रचण्डको पार्टीमा अर्काे पहिरो

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य पुन्य गौतमलगायत दर्जनौं नेता कार्यकर्ता नेकपा मालेमा प्रवेश गरेपछि प्रचण्डको पार्टीमा फेरि अर्काे पहिरो गएको छ । शनिबार राजधानीमा गौतमसहित दर्जन बढी कार्यकर्ता सीपी मैनालीले नेतृत्व गरेको मालेमा प्रवेश गरेका हुन् ।

प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र साम्राज्यवादी र विस्तारवादीहरूको अखडा केन्द्र बनेको भन्दै माओवादी केन्द्रका युवा नेता गौतमसहित दर्जनौं नेता कार्यकर्ता मालेमा प्रवेश हुन् ।

केही सययअघि प्रचण्ड नेतृत्वको माओवादीमा मणि थापाको नेतृत्वमा रहेको माओवादीबाट एकता गएका पुन्य गौतम जनयुद्धकालमा सहभागी भएका कार्यकर्ता हुन् ।

शान्तिप्रक्रियामा आइसकेपछि गौतमले मणि थापाको नेतृत्वमा रहेको माओवादीमा लामो समय रहेर काम गरेका थिए । ०५० सालदेखि राजनीतिमा लागेका गौतम एक अध्ययनशील  युवा नेताका रूपमा चिनिन्छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice