…..पछि रामचन्द्र पौडेलका छोरा कारवाही परे

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल ग्रिनकार्डधारी भएको तथ्य सार्वजानिक भएको छ । सोही ग्रीनकार्ड जोगाउन उनी महत्वपूर्ण जागिर छाडेर बेलायत पलायन भएको रहस्य हालैमात्र सार्वजानिक भएको हो ।

पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चिन्तन बिदेशको स्थायी बसोबासको प्रमाण पत्र जोगाउन बिदेश फर्किएको खुलाशा गरेका छन् । सुशील कोइराला प्रधानमन्त्री हुंदा चिन्तनलाई गरिबि निवारण कोषको कार्यकारी उपाध्यक्ष नियुक्त गरिएको थियो । डेड लाख तलब र भत्ता तथा अन्य सुविधाका कारण यो पद सरकारी मध्येको आर्कषक मानिन्छ । बेलायतमा बस्दै आएका चिन्तन बुबाको पहुँचका कारण उपाध्यक्ष जागिर पाएका थिए ।

विदेशमा स्थायीरुपमा बसोबास गर्ने प्रमाणपत्र लिएकाहरुलाई नेपालको कुनैपनि सरकारी निकायमा नियुक्ती नगर्ने प्रावधान संविधानमा उल्लेख भयो । त्यसपछि पटकपटक प्रधानमन्त्रीको दौडमा सामेल भइसकेका सत्तारुढ दलका एक नेताले छोरालाई बिदेश भगाए । गरिवि निवारण कोषमा उनको छोरा योग्य भन्दै नियुक्त गरिएका थिए । राजिनामा दिएलगत्तै उनी परिवारका साथ बेलायत हानिएका थिए । उनीसँग बेलायतको स्थायी बसोबासको प्रमाणपत्र रहेको बताइन्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice