वालुवाटरमा प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता चलिरँहदा महन्थ ठाकुरको घरमा लुटपाट

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको ठिमि स्थित घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको छ ।उनका सहयोगी सतेन्द्र मिश्राका अनुसार करिब तीनजनाको समुहमा आएका व्यक्तिहरुले ठाकुरलाई भेट्नु छ भन्दै घर भित्र प्रवेश गरी ठाकुरकी छोरी मिनाक्षीको आँखामा खुर्सानीको धुलो छरेर ब्रिफकेस लुट्ने प्रयास गरेका थिए ।

मिनाक्षी र लुटेरा बिच केही बेर ब्रिफकेस खोसाखोस भएको र मिनाक्षी लडेर टाउको र हातमा चोट लागेको छ । उनको अहिले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए ।

सानोठिमीस्थित ठाकुरको घरमा शुक्रबार साँझ चोरीको प्रयास भएको हो । त्यसबेला ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए । पारिवारिक श्रोतका अनुसार साँझपख तीन जनाको समूह ठाकुरलाई भेट्नु भन्दै घरमा प्रवेश गरेका थिए । जतिबेला घरमा छोरी डा. मिनाक्षी ठाकुर मात्र थिइन् ।

चोरहरुको समूहले ठाकुर आँखामा खोर्सनीको धुलो छरेका छन् । त्यसक्रममा उनी लडेर घाइते भएकी छन् र टाउकोमा चोट लागेको छ । चोरहरुको समूहले ब्रिफसेस चोरी गर्ने क्रममा केहीबेर खोसाखोस भएको थियो र, मिनाक्षीको हातमा चोट लागेको बताइएको छ । यो खबर बालुवाटारमा रहेका तमलोपा अध्यक्ष ठाकुरका सहयोगी मिश्रा कहाँ पुग्यो ।

उनले बैठक कक्षमै प्रवेश गरेर घटनाबारे जानकारी गराएपछि प्रहरी प्रमुखलाई खबर भएको थियो । उनको अहिले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्रीसहितको टोली पनि आएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice